गान्तोक: भारतीय साङ्केतिक भाषाको आधारभूत विषयहरू सम्बन्धी दुई दिवसीय कार्यशाला आज तादोङको पाँच माइलस्थित सूचना भवनमा समाप्त भयो। कार्यशाला राष्ट्रिय लोकोमोटर दिव्याङ्गजन संस्थान कोलकाताअन्तर्गत अपाङ्गता कौशल विकास, पुनर्वास र सशक्तिकरणका लागि समग्र क्षेत्रीय केन्द्र सिक्किमद्वारा आयोजना गरिएको थियो। कार्यशाला केन्द्र र राज्य सरकारका कार्यालयका विशेष शिक्षक, अधिकारी र कर्मचारीहरूका लागि आयोजन गरिएको थियो। कार्यक्रमको पहिलो दिन भारतीय साङ्केतिक भाषाका मास्टर ट्रेनर अखिलेश चौहानद्वारा दुई व्यावहारिक प्राविधिक सत्र आयोजन गरिएको थियो। जसले सहभागीहरूलाई भारतीय साङ्केतिक भाषा र समावेशी सञ्चारलाई बढावा दिन यसको भूमिकाबारेमा जानकारी गराएका थिए। यसरी नै दोस्रो सत्रको सञ्चालन विशाल विश्वकर्माले गरेका थिए।