गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवा नेता तथा सिक्किम श्रम विभागका अध्यक्ष प्रेमराज गुरूङ अटल तिरङ्गा गोल्बल एक्सिलेन्स अवार्ड २०२५ ले सम्मानित भएका छन्। यो सम्मान गत ३० अगस्तका दिन थाइल्याण्डको राजधानी पतयामा इण्डो-थाई एक्सचेञ्ज प्रोग्रामअन्तर्गत प्रदान गरिएको हो। उत्तरपूर्व भारतबाट यो पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन्। गुरूङलाई उनको देशभक्ति अनि समाज सेवाका लागि सम्मानित गरिएको हो। यस पुरस्कार प्रवासी भारतीय नागरिक अनि अन्य प्रवासी भारतीयहरूको भारतीय एकता, राष्ट्रिय अखण्डता र सद्भावनाका लागि प्रदान गरिएको हो। प्रेम गुरूङ नाम्ची निवासी हुन् भने सिक्किमको राजनीति र समाज सेवाको क्षेत्रमा अनवरत सेवा गरिरहेका छन्। उनले राज्यका श्रमजीविहरूको पक्षमा निरन्तर वकालत गर्दै आइरहेका छन्।









