अलैँची फाइबरको मूल्य अभिवृद्धि सम्बन्धी १५ दिने तालिम समापन

IMG-20220921-WA0181.jpg

गान्तोक: मंगन जिल्लाको पासिङदाङको भीडीभीकेमा अलैँची फाइबरको मूल्य अभिवृद्धि सम्बन्धी १५ दिने तालिम आज सफलतापूर्वक समापन भयो।समापन कार्यक्रममा जङ्गु निर्वाचन क्षेत्रका विधायक पिन्छो नामग्याल लेप्चा रहेका थिए भने सिनियर एओ वाइके प्रधान, नोडल अधिकारी, वार्ड पञ्चायत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आफ्नो छोटो सम्बोधनमा विधायक लेप्चाले आत्मनिर्भर बन्नको निम्ति सर्वप्रथम बजार व्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाउ दिए। उनले आफ्नो तर्फबाट सकेसम्म सबै प्रकारको सहयोग प्रदान गर्ने पनि आश्वासन दिए। भोकल फर लोकल सरकारको उद्देश्य स्थानीय उत्पादित बस्तुलाई प्राथमिकता दिएर काम गर्ने रहेको हुनाले यसलाई निरन्तरता दिनु पर्ने बताए। यो १५ दिवसीय तालिममा विशेष गरेर सहभागीहरूलाई अलैंची फाइबरको निष्कर्षण, प्रसंस्करण, कटाइ आदिबारे सिकाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement