महिला सशक्तिकरणमाथि कार्यशाला शुरु

IMG-20250903-WA0127

गान्तोक: महिला, बाल, वरिष्ठ नागरिक र दिब्याङजन कल्याण विभागको पहलमा आजदेखि पाकिम जिल्लामा महिला सशक्तिकरणलाई लिएर दस दिवसीय सचेतना कार्यक्रम शुरू भयो। पहिलो दिनको कार्यक्रम नाम्चेबुङ ग्राम पञ्चयात. यूनिटमा सम्पन्न भएको थियो। ग्रामीण क्षेत्रका महिलाहरूलाई केन्द्र र राज्य सरकारको विभिन्न योजनाबारे सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम शुरू गरिएको हो। कन्द्र सरकारद्वारा महिला सशक्तिकरणको निम्ति शुरू गरेको योजनाहरू मिशन शक्ति, प्रधानमन्त्री मातृ बन्धना योजना लगायत अन्य योजनाहरू रहेको छ। ग्रामीण क्षेत्रका योग्य महिलाहरूमा पुऱ्याएर उनीहरूलाई लाभ पुऱ्याउनु मुख्य उद्देश्य रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लैङगिक विशेषज्ञ अल्सोन राईले डिस्ट्रिक्ट हब फर इम्पावरमेन्ट अफ् वुमेनको भूमिकामाथि जोड दिए। महिलाहरूको हितमा शुरू गरेको यस योजचनाहरूलाई ग्रामीण क्षेत्रमा पुऱ्याउनमा सक्रियरूपमा भूमिका निर्वाह गर्नुपर्ने विषयमाथि जोड दिए। उनले यो अभियान योजनासँग सम्बन्धित जानकारी फैलाउन मात्र नभएर समुदायका सदस्यहरूसँग संवाद शुरू गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement