गान्तोकमा एसकेएंमको जिल्लास्तरीय समन्वय सभाको समापन

IMG-20250903-WA0125

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको साङ्गठनिक प्रकोष्ठको नेतृत्वमा शुरू भएको जिल्लास्तरीय समन्वय सभा आज गान्तोकमा समाप्त भयो। सभामा सम्बन्धित क्षेत्र विधायक, जिल्ला प्रभारीहरू, समष्टि अध्यक्ष, महासचिव अनि ओएसडी-हरूको उपस्थिति सहभागी थिए। आज अन्तिम दिनको बैठक गान्तोकस्थित लालबजार पार्टी कार्यलयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाले गरेका थिए। सो अवसरमा पार्टीलाई तृणमूल स्तरबाट मजबुत बनाउन विभिन्न विषयमाथि छलफल गरियो। यस बैठकमा पार्टीलाई मजबुत बनाउँदै प्रत्येक कार्यकर्ता र इकाइलाई एकीकृत ढाँचामा अघि बढाउने, जिल्ला, क्षेत्र र केन्द्रीय तहबीचको आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। बैठकमा पार्टीको हालसम्मको कार्यशैली र उपलब्धिहरूमाथि समीक्षा गरियो। वक्ताहरूले आफ्नो मन्तव्य राख्दै संगठनलाई अझ मजबुत बनाउन एकजुट भएर काम गर्ने कुरामा जोड दिए। वक्ताहरूले सरकारको नीतिगत नेतृत्वमा पार्टीलाई अझ सबल बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। सम्बन्धित समष्टिका क्षेत्र विधायकहरूले क्षेत्र स्तरमा भइरहेको विकास कार्य र जनताको अपेक्षाबारे अनुभव साझा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement