ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250903-WA0123

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा ब्राइट स्पोर्टिंग क्लबले तरुणजुबारी फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर राजेश अधिकारीले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। बिहीवार खेलिने म्याच मा रेड हर्स, इलाम (नेपाल) र बीएसके जलपाइगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ।

यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement