दार्जिलिङ: दार्जिलिङको चौरस्ताको घोडा अस्तबल परिसरको भ्रमणमा पुगेका जीटीए मुख्य कार्य पाल अनित थापाले त्यहाँको फोहोर देखेर भने, “यहाँ मैला फ्याँक्ने हामी नै हौं भनेर स्वीकार गर्नु पर्छ। तब मात्र परिसर सफा रहन्छ। जतासुकै मैला फ्याँक्ने मान्छेको आदत पुरानो हो। बिस्तारै यो हट्नेछ।”
आज जीटीए मुख्य कार्यपाल अनित थापा अनि दार्जीलिङ्ग नगरपालिकाका नगर अध्यक्ष दिपेन ठकुरीले चौरस्ता परिसरको सफाई माथि नियन्त्रण गर्न परिसरको भ्रमण गर्यो। भ्रमण समय घोडा अस्तबल छेउ छाउ प्रसस्त मात्रामा मैला फ्याकिएको पाए। उनीहरूले स्थानीय मानिसहरू, व्यापारीहरू सँग परिसरलाई सफा राख्ने अनुरोध गरे। दिपेन ठकुरीले अनित थापाको भ्रमणलाई महत्वपूर्ण माने। उनले भने, ” आज हामीले अस्तबल छेउको भ्याट (कुड़ादानी) हटाएका छौं। त्यस ठाउँको मैला उठाउन दार्जीलिङ्गनगरपालिकाले अब उसो समय अनुसार नै मैला उठाउने गाडी पठाउने छ। मैला गाडी आउने समय बिहान ७ देखि ८ बजेसम्म अनि साँझ ६ देखि ७ बजेसम्म रहनेछ।”
ठकुरीले भने, “बिस्तारै हामी शहरको स्थायी कुडादानीलाई एटीएम- मा परिणत गर्नेछौं।”