बिमारीहरुका लागि ह्विल चियर प्रदान

IMG-20250903-WA0115

खरसाङ: तीनधारे बजार निवासी रेशमा दियाली अनि साजन दर्जीले उनको स्वर्गीय बाबा सुकराज दर्जीको नाममा परिवार मिलेर बिरामीहरुको लागि ह्विल चियर प्रदान गरेका छन्। उक्त ह्विल चेयर तीनधारेको १७ माईल निवासी समाजसेवक सतीश राईलाई प्रदान गरेका छन्। तीनधारेको‌ १७ माईलका समाज सेवक सतीश राईले विगत धेरै वर्षदेखि सिलगढी नर्थ बेंगाल मेडिकल कलेजमा असहाय पिढित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आईरहेका छन् भने उनको यो परिश्रम देखेर रेशमा दियाली (हाल ईजरायलमा छन्) र उनको दाज्यु साजन दर्जीका परिवारले बिरामीहरुको सुविधा होस् भनी सतीश राई यो ह्विल चियर प्रदान गरेका छन्। यो ह्विल चियरले अब बिरामीहरुको धेरै सेवा गर्ने छ भनी सतीश राईले परिवारलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement