खरसाङ: भारतीय प्रजातान्त्रिक मोर्चा सिंगेल शाखाले गोर्खाल्याड क्षेत्रीय प्रशासनको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेट गरेर खरसाङ हस्पिटलमा चाढै रोगीहरूको उपचारको निम्ति मिर्गौला रोग उपचार गर्नको निम्ति डाइलोसिस उपकरण शुरू गर्नु पर्ने माग राखेका छन्। विगत धेरै सालदेखि जनसाधारणले भोगन परिरहेको पीढाले गर्दा यो ज्ञापन पत्र चढाएको भनी सन्तोष मोक्तानले बताएका छन्। उनले बताए अनुसार मानिसहरू हप्ताहमा दुई पल्टसम्म सिलगढी गएर उपचार गर्न पर्दा धेरै असुविधा भोग्न परिरहेको अनि दाजिलिङ लगायत अन्य ठाउँहरूमा सरकारी सुविधा भए पनि खरसाङको जन साधारणले धेरै समस्या भोग्न परिरहेको पनि सभासद श्याम शेर्पालाई जानकारी गराइएको छ। यसैकारण खरसाङ अस्पतालमा पनि उपचारको निम्ति डाइलोसिस उपकरण लगाउन सके मानिसहरूलाई सजिलो हुने बताएका छन्। यति मात्र नभएर अन्य विषयमा पनि कुराहरू राखेको जानकारी गराएका छन्।

विशेष सभासद श्याम शेर्पालाई भेट गर्न सन्तोष मोक्तान, मिलन शर्मा, शरणकुमार लामा अनि मिलन घले पुगेका थिए। सभासद श्याम शेर्पाले पनि यसरी आएर जनतालाई सुविधा उपलब्ध गराउन भनी आएर स्वास्थ्य विषयमा प्रस्ताव राखेर अति असल रहेको र चाढै यसलाई जीटीए प्रमुख अनि कार्यकरणी सभामा राख्ने बताएको सन्तोष मोक्तानले बताएका छन्।