नयाँ दिल्ली: भारतीय पुरुष युगल ब्याडमिण्टन टीमका सदस्य चिराग शेट्टीले बताएअनुसार, हालै पेरिसमा वर्ल्ड ब्याडमिण्टन च्याम्पियनशीपमा पदक जितेको खुशीले एक साल अघि यसै शहरमा ओलम्पिक खेलहरूमा पोडियमसम्म पुग्न नसकेको दुःखलाई धेरै हदसम्म हल्का गरेको बताए। चिराग र सात्विकसाईराज रंकीरेड्डीको जोड़ीले गत हप्ता वर्ल्ड च्याम्पियनशीपमा पुरुष युगलको काँस्य पदक जितेको थियो। विश्वको नवौं नम्बरको यस जोड़ीले क्वार्टर फाइनलमा मलेशियाका दुईपल्टको ओलम्पिक पदक विजेता आरोन चिया र सोह वूई यिकको जोड़ीलाई पराजित गरी वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक पक्का गरेको थियो। वर्ल्ड च्याम्पियनशीपमा भारतीय जोड़ीको यो दोस्रो पदक हो। यस भारतीय जोड़ीको पहिलोपल्ट वर्ल्ड च्याम्पियनशीप फाइनलमा पुग्ने सपना सेमिफा्इनलमा चीनका चेन बो यांग र लियू यी-को ११औं वरीयता प्राप्त जोड़ीविरुद्ध हारको साथ समाप्त भयो। चिरागले भने, मेरो विचारमा आरोन र सोहविरुद्ध जीत निश्चित रूपले खास थियो। सही रणनीतिको साथ खेले कुनै पनि जोड़ीलाई पराजित गर्न सकिने त्यस जीतले साबित गऱ्यो। गत केही समयदेखि उनीहरूविरुद्ध हाम्रो रेकर्ड असल रहेको थिएन। ओलम्पिकमा पनि हामीले मलेशियाई जोड़ीविरुद्ध नै पराजित भएका थियौं।
चिरागले भने, मलेशिया जोड़ीलाई लगातार गेममा पराजित गरेपछि निश्चित रूपले हाम्रो मनोबल बढ़्यो अनि यसले गत साल ओलम्पिक खेलहरूको दुःखलाई पनि सामान्य हल्का गऱ्यो। यसैकारण त्यो जीत हाम्रो निम्ति खास थियो। उल्लेखनीय छ, एक साल अघि पेरिस ओलम्पिकमा मलेशियाई जोड़ीविरुद्ध पराजित भएर सात्विक र चिरागको ओलम्पिक पदक जित्ने सपना अधुरो रहेको थियो। यस साल काँस्य पदक जित्नको साथै सात्विक र चिराग वर्ल्ड च्याम्पियनशीपमा एकाधिक पदक जित्ने भारतीय खेलाड़ीहरूका विशेष सूचीमा पनि सामेल भए। वर्ल्ड च्याम्पियनशीपमा साइना नेहवालले २ र पीभी सिन्धूले ५ वटा पदक जितेकी छन्। चिरागले भने, साइना र सिन्धूसँग वर्ल्ड च्याम्पियनशीपमा एकाधिक पदक जित्ने खेलाड़ीहरूका सूचीमा सामेल भएको थाहा पाएर खुशी छौं। यो हाम्रो निम्ति ठूलो उपलब्धि हो कारण गत केही सालमा कोर्ट भित्र अनि बाहिर हाम्रो समय राम्रो रहेको छैन। यस जीतले हामी सही दिशामा अघि बढ़िरहेको सुनिश्चित भएको छ। सात्विक र चिरागको पदकले २०११-देखि वर्ल्ड च्याम्पियनशीपमा भारतको पोडियममा पुग्ने क्रम पनि जारी रह्यो। चिरागले भने, वर्ल्ड च्याम्पियनशीपमा पदक जित्ने क्रम आउँदो सालहरूमा पनि जारी रहने मलाई विश्वास छ। यसपाली सबैलाई मुश्किल ड्र प्राप्त भएको थियो अनि हाम्रा सबै खेलाड़ीहरूले असल प्रदर्शन गरे।