अफगानिस्तानको पाकिस्तानविरुद्ध १८ रनले जीत

IMG-20250903-WA0095

शारजाह: अफगानिस्तानले त्रिदेशीय टी२० क्रिकेट टुर्नामेण्टमा पाकिस्तानविरुद्ध १८ रनले जीत हासिल गऱ्यो। यस जीतले एशिया कपअघि अफगान टीमको मनोबल अवश्यै बढ़्नेछ। शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा पाकिस्तानले निर्धारित ओभरहरूमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो। म्याचमा पाकिस्तानका ब्याटरहरूले असहाय आत्मसमर्पण गरे अनि टीमको निम्ति सर्वाधिक रन दशौं नम्बरमा ब्याटिंग गर्ने हारिस रऊफले बनाए। उनले १६ बलमा ४ वटा छक्काको साथ अविजित ३४ रन बनाएर टीमला्ई सम्मानजनक स्थितिमा पुऱ्याए। पेस बलर फजलहक फारुकीले शुरुमै २ विकेट हासिल गरेपछि अफगानिस्तानका स्पिनरहरूले पाकिस्तानको ब्याटिंग क्रमलाई ध्वस्त पारे। फखर जमान (२५) र कप्तान सलमान आगा (२० रन)-लाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। अफगानिस्तानका स्पिनरहरूमा कप्तान राशिद खान, मोहम्मद नबी र नूर अहमदले २-२ विकेट लिए। यसअघि अफगानिस्तानको ईनिंग्समा सादिकुल्लाह अटल र इब्राहिम जादरानको अर्द्धशतक मुख्य आकर्षण रह्यो। टीमको स्कोर १० रन हुँदा ओपनर रहमानुल्लाह गुरबाज ८ रन बनाएर आउट भएपछि सादिकुल्लाह र जादरानले मिलेर दोस्रो विकेटको निम्ति ११३ रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। यसमा सादिकुल्लाहले ४५ बलमा ३ वटा छक्का र ३ वटा चौकाको साथ ६४ रन बनाए। यसरी जादरानले ४५ बल खेलेर ६५ रन बनाए, जसमा ८ वटा चौका र एउटा छक्का सामेल छ। टीमले अन्तिम ओभरहरूमा लगातार विकेट गुमाए पनि अन्तमा १६९ रनको स्कोर बनायो। पाकिस्तानका बलरहरूमा फाहिम अशरफले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement