गान्तोक: आरिथाङ निर्वाचन क्षेत्र विधायक तथा सिक्किम विधानसभा अध्यक्ष अरूण उप्रेतीले आज गान्तोकस्थित कञ्चनजंगा सपिङ कम्प्लेक्स, लालबजारको निरीक्षण गरे। उनको साथमा उपमेयर, पार्सद तथा गान्तोक नगर निगमका पदाधिकारीहरू सहभागी थिए। अध्यक्ष उप्रेतीले लाल बजारका विभिन्न पसलहरूको पनि निरीक्षण गरे। उनले दोकानदारहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या र गुनासोलाई सुन्ने प्रयास गरे। अध्यक्ष अरूण उप्रेतीले लालबजार साथै यस परिसरको स्वच्छतालाई लिएर निरीक्षण अवधि नागरिकहरूलाई यस वरपरको वातावरण सफा राख्न पनि आग्रह गरे।