सिडनी: अष्ट्रेलियाई टेस्ट र वनडे टीमका कप्तान प्याट कमिन्सले भारत र न्यूजील्याण्डविरुद्ध आउँदो सीमित ओभरहरूका सीरीजमा हिस्सा लिनेछैनन्। क्रिकेट अष्ट्रेलिया (सीए)-ले मंगलवार बिहान यस्तो घोषणा गऱ्यो। आउँदो एशेज सीरीजको निम्ति आफ्नो फिटनेसमाथि ध्यान दिन यस्तो निर्णय लिइएको छ। सीए-को आधिकारिक बयानमा भनिएको छ, कमिन्सलाई भारत र न्यूजील्याण्डविरुद्ध आउँदो सीमित ओभरहरूका सीरीजको निम्ति टोलीमा चयन गरिनेछैन। उनले आफ्नो पुनर्वास योजनाहरूमाथि ध्यान दिनेछन्। कमिन्सको ढाड़को तल्लो हिस्सामा चोट रहेको पत्तो लागेको थियो। लगातार क्रिकेटको दबाउलाई ध्यानमा राखेर नै क्रिकेट अष्ट्रेलियाले हालै कमिन्सलाई वेष्ट इण्डिज र दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा पनि आराम दिएको थियो। ईंग्ल्याण्डविरुद्ध एशेज सीरीजको शुरुवात २१ नोभेम्बर २०२५-देखि हुनेछ। चयन समितिका प्रमुख जर्ज बेलीले भने, हामी कमिन्सको तयारीहरूलाई लिएर आशावादी छौं तर उनी पहिलो टेस्टसम्म मैदानमा फर्किनेछन् या छैनन् भन्ने चाहिँ स्पष्ट भएको छैन। कमिन्सको अनुपस्थितिमा भारतमा हुने सीमित ओभरहरूका सीरीजमा मिचेल मार्शले अष्ट्रेलियाई टीमको कप्तानी गर्न सक्छन्। अष्ट्रेलियाले १ अक्टोबरदेखि न्यूजील्याण्डविरुद्ध ३ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेल्नेछ। यसरी भारतविरुद्ध घरेलु वनडे सीरीज १९ अक्टोबरदेखि शुरु हुनेछ। भारतीय टीमको अष्ट्रेलिया यात्रामा ३ वटा वनडे र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेलिनेछ।
वनडे सीरीजमा रोहित शर्मा र विराट कोहलीलाई भारतीय जर्सीमा खेलिरहेको देखिने सम्भावना छ।