यूडीएफसी दुधियाको रोमाञ्चक जीत

IMG-20250902-WA0162

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा यूडीएफसी दुधिया-ले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा मंगलवार भएको म्याचमा यूडीएफसी दुधियाले बीवाईसी, नेपालविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो।

नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा नेपालको टीमबाट निशान प्रधानले गोल गरे। यसरी यूडीएफसी दुधियाको तर्फबाट चिराग भुजेलले गोल गरे। विजेता टीमका चिराग भुजेलले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। मंगलवार खेलिने म्याचमा तरुणजुबारी फूटबल क्लब र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ।

यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement