गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले धर्मपत्नी कृष्ण कुमारी राईको साथमा आज तादोङको दुर्गा मन्दिरमा विशेष पूजा अर्चना गरे। स्वंय मुख्यमन्त्रीले सामाजिक सञ्जालमा तस्विर साझा गरेर यसको जानकारी दिएका छन्। यस अवसरमा आफूले राज्य र राज्यवासीको कल्याण अनि शुख शान्तिको ईश्वरसित कामना गरेको उनले बताएका छन्।