पाकिम: पाकिम जिल्ला प्रशासन केन्द्र केन्द्रले हर घर तिरङघा अभियानलाई सफलतापूर्वक कार्यान्वयनमा अनुकरणीय सेवाका निम्ति छिरिङ तोप्देन भोटिया र लाजोङ लेप्चालाई सम्मान जनायो। जिल्लापाल रोहन अगवानेको उपस्थितिमा सम्पन्न सम्मान कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रमा आयोजना गरिएको थियो। आज सम्मानित दुई स्वयंसेवकहरूले जिल्लाभरिका नागरिकहरूमा तिरंगाको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनीहरूको योगदानमा राष्ट्रिय झण्डाको महत्त्वबारेमा जागरूकता सिर्जना गर्ने, यसलाई सम्मानजनक फहराउनमा उनीहरूको ठूलो योगदान रहेको छ। उनीहरूको प्रयासले हर घर तिरङगा अभियानलाई राज्यको सबै जिल्लाहरूमा पुऱ्याउन सफल भएको र यसले मानिसहरूमा देशप्रतिको प्रेम भावनालाई जगाएको उल्लेख गरिएको छ।









