पेन्टोकमा एसकेएम पार्टीको समन्वय सभा

IMG-20250902-WA0155

गान्तोक: एसकेएम पार्टी मुख्यालयको समन्वयमा पार्टीले साङ्गठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चा, अध्यक्ष ललित शर्मा साथै टोलीको अगुवाइमा जिल्लास्तरीय समन्वय सभा धारावाहिक रूपमा आयोजन गर्दै आइरहेको छ। सम्बन्धित क्षेत्र विधायक, जिल्ला प्रभारीहरू, समष्टि अध्यक्ष, महासचिव अनि ओएसडी-हरूको उपस्थितिमा सभा आयोजना गरिने पार्टीको निर्णय अनुसार शृंखलाबद्धरुपमा सभा सम्पन्न भइरहेको छ। राज्य संगठन प्रकोष्ठको पहलमा भइरहेको सभाअन्तर्गत पाँचौं दिनको सभा आज मंगन जिल्लाको पेन्टोकमा सम्पन्न भयो। पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्याक्षतामा सम्पन्न सभामा पार्टीलाई तृणमूलस्तरबाट मजबुत बनाउन विभिन्न महत्त्वपूर्ण विषयमाथि छलफल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। बैठकमा पार्टीलाई मजबुत बनाउँदै प्रत्येक कार्यकर्ता र इकाइलाई एकीकृत ढाँचामा अघि बढाउनु पर्ने, जिल्ला, क्षेत्र र केन्द्रीय तहबीचको आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउनु पर्ने विषयमा छलफल भएको छ। बैठकमा वक्ताहरूले संगठनलाई अझ मजबुत बनाउन एकजुट भएर काम गर्नुपर्ने कुरामा जोड दिए। पार्टीको नीतिगत कार्यलाई अझ सबल बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। सम्बन्धित समष्टिका क्षेत्र विधायकहरूले क्षेत्रस्तरमा भइरहेको विकास कार्य र जनताको अपेक्षाबारे अनुभव साझा गरे। आजको सभामा लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं सामाजिक कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, उपाध्यक्ष श्याम प्रधान, महासचिव बिक्रम प्रधान, राज्य समन्वयक कर्मा सुब्बा, सचिव रुपा कार्की र सचिव केके ठटाल, पाकिम जिल्ला संयोजक बीबी छेत्री, मगन जिल्ला संयोजक छेवाङ जेड लेप्चा, जङ्गुका विधायक तथा मन्त्री पिन्छो नामग्याल लेप्चा, काबी लुङचोक समष्टिका विधायक तथा सल्लाहकार थिन्ले छिरिङ भोटियालगायत पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement