मंगन: संकल्प अभियानअन्तर्गत मंगन जिल्लामा आजगेखि दस दिवसीय विशेष सचेतना शिविर शुरू भएको छ। आजदेखि शुरू भएको यस शिविरको समापन आगामी १२ सेप्टम्बरको दिन हुनेछ। विशेष गरेर महिला सशक्तिकरणका लागि हबले मंगन बजारस्थित आँगनवाडी केन्द्रमा एक कार्यक्रम आयोजना गऱ्यो। यस अवसरमा डब्लयूएचएल, ओएससी, पीएमएमभीवाई र महिला केन्द्रित योजना र नीतिहरूमा सचेत गराउने विषय समावेश गरेको थियो। कार्यक्रममा लैङ्गिक विशेषज्ञ टिकेन्द्रले हबबारे जानकारी गराउँदै विभिन्न योजनाहरूबारेमा विस्तृतरूपमा बताए। सोही प्रकारले केस वर्कर्स हरिमाया तामाङले वान स्टप सेन्टर र ओएससीद्वारा प्रदान गरिएको सेवा र सहयोगबारेमा जानकारी गराइन्। यसरी नै छिरिङ लेन्डुपले पीएमएमभीवाईको महत्त्वपूर्ण भूमिका र योजनाले गर्भवती र स्तनपान गराउने आमाहरूलाई पोषण र स्वास्थ्य सेवाको लागि वित्तीय प्रोत्साहन प्रदान गर्नेबारेमा प्रकास पारे।