सेनामाथि मुख्यमन्त्रीले अपमान गरेको भन्दै भाजपाद्वारा विरोध जनाउँदै खरसाङमा पोष्टरिङ

IMG-20250902-WA0128

खरसाङ: भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङमा पोष्टरिङ गरेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यस क्रममा भाजपाले खरसाङको मोटर स्ट्याण्ड क्षेत्रमा व्यापक पोस्टरिङ गरेका छन्।उक्त पोष्टरिङ कार्यक्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद, चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा र मिडिया प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए। खरसाङमा‌ गरिएको पोष्टरिङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले हाम्रो सेना देशको शान, गौरव र मर्यादाको प्रतिक हो भन्दै सेनाको अपमान गर्नु राष्ट्रकै अपमान गर्नु हो भनी आरोप लगाएका छन्। उनले भारतीय सेना हाम्रो सीमाको सुरक्षा मात्रै होइन, कठिनाइमा पनि आम नागरिकको सहारा बन्ने बलियो आधारशिला हो र हाम्रो आजको स्वतन्त्रता र सुरक्षित भविष्य सेनाको बलिदान र समर्पणकै फल हो भनी बताएका छन्।‌ जिल्ला महासचिव सोनाम लामाले मुख्यमन्त्री ममता ब्यानर्जीले सेना र देशसँग माफ माग्नुपर्छ भनी मांग गरेका छन्।

दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले भने, ‘देशको सेनामाथि राजनीति गरेकोमा हामी यसको विरोध जनाउँछौँ। किनभने सेना देशलाई रक्षा गर्ने हो र सेनालाई लिएर गरिएको व्यवहारको विरोध जनाउँछौँ। यो विरोध खरसाङमा मात्र होइन तर दार्जिलिङ पहाड, राज्य र देशभरि विरोध भईरहेको छ। देशको सेनामाथि राजनीति गरे हामी यसरी नै विरोध जनाउँछौँ अनि घोर प्रतिवाद गर्दै यसलाई सडकमा लिएर आउनेछौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement