जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव जनताको आँखा छल्ने काम मात्र नहोस्: अजय एडवर्ड

IMG-20220921-WA0172.jpg

दार्जीलिङ: जीटीएको सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव जनताको आँखा छल्ने काम मात्र नहोस् भनी हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले भनेका छन्। गत १९ सेप्टेम्बरको दिन जीटीए सभाको पहिलो सभा सम्पन्न भएको थियो। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ अनित थापाले गोर्खाल्याण्डको प्रस्ताव पेश गरेको थियो अनि उपस्थित सबै सभासदहरूले ध्वनिमतले गोर्खाल्याण्डको प्रस्तावलाई समर्थन जनाउँदै प्रस्ताव पारित गर्ने काम भएको थियो। यसै विषयमा हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले छुट्टै राज्य गोर्खाल्याण्ड समस्त गोर्खा जातिको मुटुको ढुक ढुकी हो, त्यसकारण हामीले छुट्टै राज्यको प्रस्तावलाई अन्तरात्मादेखि समर्थन जनायौं भन्दै जीटीए सभामा यसभन्दा छुटटै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने काम भएको हो। त्यसकारण जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नु मात्र कुनै ठूलो विषय होइन।जीटीए सभामा छुटटै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नु कुनै ठूलो विषय होइन, निर्वाचित ४४ जना सभासदहरू लगायत ५ जना मनोनित सभासदहरूको हस्ताक्षर गरिएको प्रस्तावसँग जीटीएको प्रतिनिनिधि टोलीले प्रधानमंत्री नरेन्द्र मोदी,केन्द्रीय गृहमंत्री अमित शाह,भाजपाको राष्ट्रीय अध्यक्ष जेपी नड्डा साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेटेर प्रस्तावको प्रतिलिपि सोम्पिनुपर्छ अनि छुट्टै राज्य गोर्खाल्याण्ड समस्त गोर्खाहरूको मुटुको ढुकढुकी रहेको बताउँदै अविलम्ब गोर्खाल्याण्ड गठनको प्रक्रिया शुरू गरिनु पर्ने मांग गरेका छन्।

छुटटै राज्य गोर्खाल्याण्डको गठन केन्द्र सरकारको विषय हो तरै पनि प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र अहिले बंगालमा रहेको हुनाले गर्दा राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीलाई पनि यसबारे कुराकानी गर्न जरूरी रहेको अध्यक्ष एडवर्डले भने। उनले अझ भने जीटीए सभामा जीटीए चिफ अनित थापाले गोर्खाल्याण्डको प्रस्ताव पेश गरेपछि हामीले उनलाई सोधेका थियौं कि पारित गरिएको गोर्खाल्याण्डको प्रस्तावको प्रतिनिधि लिपि लिएर प्रधानमंत्री, गृहमंत्री, भाजपा अध्यक्ष साथै राज्यकी मुख्यमंत्रीसंग भेट गर्न प्रतिनिधि टोली कोलकता र दिल्ली जान्छ की जान्दैन भन्ने प्रश्न तेर्साउँदा जीटीए चिफ अनित थापाले कुनै प्रतिउतर नदिएको अध्यक्ष एडवर्डले बताए। जीटीए सभाले पारित गरेको प्रस्ताव इमेल गर्नु, फ्याक्स गर्नु, कोरियर गरेर हुँदैन, जीटीएको प्रतिनिधि टोलीले स्वयम प्रधानमंत्री, गृहमंत्री, भाजपा अध्यक्ष साथै राज्यकी मुख्यमंत्रीसंग भेट गरेको हुन पर्छ, दशैं तिहारको बहना बनाएर यदि टार्ने काम गर्छ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जनताको आँखा छल्ने काम गर्दैछ भनेर बुझनु टपर्छ अध्यक्ष एडवर्डले भने। जीटीए सभामा गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा सामेल गरिनुपर्छ भन्ने प्रस्ताव पनि पारित गरेको छ। गोर्खा समुदायको ११ जात गोष्ठीहरूले जनजातिको मान्यता पाउनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट अडान छ अध्यक्ष एडवर्डले भने। जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पारित गरिएको गोर्खाल्याण्डको प्रस्ताव लिएर हामीलाई पनि कोलकता अथवा दिल्ली जानु पर्ने सुझाव राख्छ भने हामी तयार छौ अनि हामी हाम्रै पैसामा कोलकता एंव दिल्ली जाने छौ।यदि कोलकता अथवा दिल्लीमा भेटवार्ताको लागि समय मिलाउन गाह्रो हुँदैछ भने हामीलाई भनोस् हामी समय मिलाउने कोशिष गर्नेछौं हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement