रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली क्षेत्रबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अन्य दलहरुबाट १८० घर भागोप्रमोमा सामेल

IMG-20250902-WA0119

सोनादा: रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अन्य दलहरुबाट १८० घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।रङ्गबुल सुनाखरी संघ सार्वजनिक भवनमा आयोजित सामेल कार्यक्रममा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट पञ्चायत सदस्य हिम्मत प्रधानको नेतृत्वमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका अर्पण तामाङ, साथीहरु अनि अन्य दलका १८० घरका सदस्यहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।उनीहरूलाई पार्टी अध्यक्ष अनित थापा अनि जीटीए सभाको डेपुटी चेयरम्यान राजेस चौहानले पार्टीको झण्डा ग्रहण गराएर पार्टीमा स्वागत गरेका छन्। यस समर्थन कार्यक्रममा पूर्व सभासद महेन्द्र प्रधान, कार्यकारी सभासद सतीश पोख्रेल, सभासद प्रमोस्कर ब्लोन, सभासद नामग्येल लगायत अन्यहरु उपस्थित रहेका थिए। आइजीजेएफका अर्पण तामाङ्गले सामेल पश्चात आफ्नो सम्बधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिपाही भएर हामी काम गर्नेछौं।आईजीजेएफले आफ्नो नीति अनुसार काम गरेन। मेराे गल्तीले गर्दा गाउँ घरले दुःख नपाओस् भन्ने मैले ठाने। भेदभावको राजनीतिको कारण गाउँ घरमा फाटो आयो।

आजसम्म मलाई साथ दिनु हुने सबैलाई मैले साथमा लिएर आएको छु। ढोका खुल्ला छ तर ढोकामा पस्नु कि नपस्नु भन्ने दोधारमा परेको साथीहरूलाई पनि विकासको मूल फुटाउन बिजीपीएममा सामेल हुनुहोस। जहाँ विकास छ, जहाँ विकासको मूल छ त्यहाँ आफू पनि सम्मिलित हुनु सके हाम्रो समाजको नै विकास हुनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement