दार्जिलिङ: जीटीएद्वारा जीटीए क्षेत्रमा पर्ने सबै शैक्षिक संस्थाहरुमा ३ सेप्टेम्बर बिदाको घोषणा गरिएको छ। जीटीएको प्रशासनिक विभागले जारी गरेको अधिसूचना अनुसार ३ सेप्टेम्बर २०२५ का दिन “करम पूजा”को दिन हो। सो अवसरमा जीटीए अधिकार क्षेत्रभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा घोषणा गरिएको बताइएको छ।