टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिए मिचेल स्टार्कले

IMG-20250902-WA0115

सिडनी: अष्ट्रेलियाका पेस बलर मिचेल स्टार्कले मंगलवार टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिए। उनले यो फसेला मुख्य रूपले आफ्नो टेस्ट करियरलाई अघि बढ़ाउन अनि २०२७ वनडे वर्ल्ड कपको निम्ति आफूलाई तरोताजा र फिट राख्ने लक्ष्यको साथ लिएका छन्। यसबीच आउँदो साल हुने टी२० वर्ल्ड कपको ठीक अघि स्टार्कको फसेलाले अष्ट्रेलियाई टीमको चिन्ता चाहिँ बढ़ेको छ। टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिए पनि उनले विभिन्न टी२० लीगहरूमा खेल्न चाहिँ जारी राख्नेछन्। स्टार्क (३५ वर्ष)-ले आफ्नो टी२०आई करियरमा ६५ वटा म्याच खेलेर ७९ विकेट हासिल गरे। यस आँकड़ाले उनलाई टी२०आई प्रारूपमा अष्ट्रेलियाका सबैभन्दा सफल पेस बलर बनाउँछ। यस मामिलामा केवल स्पिनर एडम जाम्पा उनीभन्दा अघि रहेका छन्। साल २०२१-मा दुबईमा भएको टी२० वर्ल्ड कपमा अष्ट्रेलियालाई च्याम्पियन बनाउनमा स्टार्कको महत्त्वपूर्ण भूमिका रहेको थियो। स्टार्कले भने, टेस्ट क्रिकेट सदा मेरो प्राथमिकता रहेको छ। मैले अष्ट्रेलियाको तर्फबाट खेलेको हरेक टी२० म्याचको मजा लिएँ अनि विशेषगरी २०२१ वर्ल्ड कप यादगार रह्यो। स्टार्कले बताएअनुसार, आउँदो समयमा भारत यात्रा, एशेज सीरीज र २०२७ वर्ल्ड कप महत्त्वपूर्ण रहनेछ। यी चुनौतीहरूको निम्ति उनी आफ्नो शरीरलाई फिट राख्न चाहन्छन्। यसैकारण उनले टी२० इण्टरनेशनल प्रारूपबाट बिदा लिने फसेला गरे। स्टार्कले पाकिस्तानविरुद्ध ७ सेप्टेम्बर २०१२-मा टी२० इण्टरनेशनल प्रारूपमा पदार्पण गरेका थिए अनि उनले यस प्रारूपमा आफ्नो अन्तिम म्याच भारतविरुद्ध २४ जून २०२४-मा खेले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement