पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा पुर्वेली युवा क्लब, नेपालले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा पुर्वेली युवा क्लबले १०७ टीए, दार्जीलिङविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट आशिष चापागाईंले २ गोल गरे। उनले म्याचको दुवै हाफमा १-१ गोल गरे। यसबाहेक अन्य एक गोल असीम जंग कार्कीले गरे। विजेता टीमका आशिष चापागाईंले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। मंगलवार खेलिने म्याचमा बीवाईसी, बाहुनडांगी, नेपाल र यूडीएफसी दुधिया बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।