मुख्यमन्त्रीको पोस्टर च्यात्ने आरोपीहरू भए मुक्त, क्यापले जनायो स्वागत

IMG-20250901-WA0205

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको पोस्टर च्यातेको आरोपमा हिजो मल्ली पुलिसले अधीनमा लिएका सुकराज सिलाल रोजेश राईलाई आज मुक्त गरिएको छ। हाजत मुक्त भएका पार्टीका कार्यकर्ताहरूलाई सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) ले स्वागत जनाए। उल्लेखनीय छ, केही दिन अघि मात्र उनीहरू क्याप सिक्किममा सामेल भएका हुन्। क्याप सिक्किममा सामेल हुन अघि त्यसै दिन उनीहरूले आफ्नो पूर्व पार्टी सिक्किम क्रान्तिकारी मोर्चा त्याग्दै पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको पोस्टर च्यातेका थिए।
हाजतमुक्त भएका नेताहरूलाई स्वागत जनाउँदै पार्टी अध्यक्ष गणेश कुमार राईले सुकराज सिलाल र रोजेश राईलाई पुलिसले गैरकानुनी रुपमा पक्राउ गरेको बताए। यस समय सिटिजन एक्शन पार्टी, सिक्किम आफ्ना सदस्यहरूको साथमा रहेको उनले थप बताए।
“हामी राज्यमा हाल विचलित पार्ने प्रवृत्ति देखिरहेका छौं जहाँ एफआईआर दर्ता भएका व्यक्तिहरू स्वतन्त्र रूपमा घुमिरहेका छन्, तर साधारण नागरिकहरूलाई केवल सामान्य डायरीको आधारमा पक्राउ गरिएको छ। यस्तो पक्षपात लोकतान्त्रिक राज्यमा अस्वीकार्य छ, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement