भाजपा सिक्किम महिला मोर्चाद्वारा इण्डी गठबन्धनको निन्दा

IMG-20250901-WA0204

गान्तोक: बिहारमा आयोजित काङ्ग्रेस-आरजेडीको र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी स्वर्गीय आमामाथि आपत्तिजनक टिप्पणी गेरको भन्दै भारतीय जनता पार्टी, सिक्किम महिला मोर्चाले कड़ा आपत्ति जनाएको छ। यस सम्बन्धमा महिला मोर्चाले आज राजधानीको इन्दिरा बाइपासस्थित पार्टी कार्यालय परिसरमा साङ्केतिर प्रतिवाद ऱ्याली पनि आयोजना गरेको थियो। ऱ्यालीमा सहभागी भाजपा महिला नेत्री अनि कार्यकर्ताले काङ्गेस र आरजेडी नेताहरूको कथिति आपत्तिजनक र घृणित टिप्पणीको कडा निन्दा गरे। कांग्रेस नेतृत्वको इन्डी गठबन्धनको यो लज्जास्पद कार्य बिहारको सम्मानित संस्कृति र मूल्यमान्यतामाथिको प्रत्यक्ष अपमान हो, जसले उनीहरूको सभ्यता र सम्मानप्रतिको पूर्ण उपेक्षालाई उजागर गर्दछ, भाजपा, सिक्किम महिला मोर्चाको भनाइ रहेको छ।
महिला मोर्चाले एउटा प्रेस विज्ञप्ती जारी गरेर भनेको छ, राष्ट्रले तीन पटक वंशवादी राजनीतिलाई अस्वीकार गर्दै नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रूपमा चुनेको हो। यो जनादेशलाई स्वीकार गर्न नसकेर काङ्ग्रेसले राष्ट्रविरोधी बयानबाजी र देशका वीर सशस्त्र बलहरूमाथि बदनामी गर्नुको साथै अहिले आएर प्रधानमन्त्री र उनका परिवारमाथि घृणित व्यक्तिगत आक्रमणमा उत्रिएको छ। यस्तो व्यवहारले उनीहरूको गरिब विरोधी, महिला विरोधी विचारधारा र राष्ट्रलाई आफ्नो पारिवारिक सम्पत्तिको रूपमा हेर्ने स्वार्थी सोचलाई उजागर गर्दछ।
बीजेपी सिक्किम महिला मोर्चा राहुल गान्धी र उनका वंशवादी सहयोगीहरूले नेतृत्व गरेको यो घृणित व्यवहारको निन्दा गर्न दृढतापूर्वक उभिएको विज्ञप्तीमा थप उल्लेख गरिएको छ। यसको साथै राहुल गान्धीले माफी माग्नुपर्ने माग पनि गरेको छ। राष्ट्रको नेतृत्व र प्रजातान्त्रिक मूल्यलाई अपमान गर्ने यो दुर्भावनापूर्ण अभियानको लागि तत्काल माफी माग्ने हामी माग गर्दछौं, भाजपा महिला मोर्चाकी महासचिव सिर्जना छेत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

About Author

Advertisement