गान्तोक: राज्य सरकारको सामाजिक कल्याण विभागको पहलमा आज राजधानीस्थित एक होटलमा आयोजित एक कार्यक्रमबीच भारत सरकारको आदिवासी मामिला मन्त्रालयको उत्तरदायी शासन कार्यक्रम ‘आदि कर्मयोगी अभियान’ अन्तर्गत राज्य-प्रक्रिया प्रयोगशालाको उद्घाटन गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधानले आदि कर्मयोगी अभियानअन्तर्गत राज्य-प्रक्रिया प्रयोगशालाको उद्घाटनबारे बताए। उनले यस अभियानको उद्देश्य अधिकारीहरू र समुदायलाई प्रभावकारी ढङ्गमा काम गर्न क्षमता विकास गर्नु रहेको बताए। कार्यक्रमले समावेशीता, पारदर्शिता र सेवामा आधारित मानिसहरूप्रति लामो समयदेखिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्न सक्ने सचिव प्रधानले बताइन्। उनले थप जानकारी गराएअनुसार राज्य-प्रक्रिया प्रयोगशालाले सबैको सोंच र दृष्टिकोणमाथि काम गर्ने र यस प्रकारको कार्यक्रमले मानिसहरूलाई नयाँ दृष्टिकोणहरू परीक्षण गर्न, स्थानीय ज्ञानलाई परिष्कृत गर्न र सम्पूर्ण राज्यलाई फाइदा पुर्याृउन सक्ने सम्भावना दर्शाएको अवगत गराइन्। सोही प्रकारले भारत सरकारको आदिवासी मामिला मन्त्रालयका उपसचिव अशोककुमार गुप्ताले आदि कर्मयोगी देशका ५५० भन्दा बढी जिल्लाका एक लाख आदिवासी बहुल गाउँहरूमा २० लाख प्रशिक्षित क्याडर तयार गर्ने मिशन लिएर शुरू गरेको बताए। उनले थप जानकारी गराएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण, केन्द्रीय आदिवासी मामिला मन्त्री जुएल उराँउको मार्गदर्शन, राज्यमन्त्री दुर्गादास उइकेको सहयोग र आदिवासी मामिला मन्त्रालयका सचिव विभू नायरको नेतृत्वमा अभियान अघि बढिरहेको छ। यस अभियानले ग्रामीण विकास, शिक्षा, महिला तथा बाल विकास, जल शक्ति, स्वास्थ्य र वातावरण जस्ता प्रमुख विभागहरूमा गुनासो सम्बोधन, स्थानीयकृत योजना र समन्वयित कार्यान्वयनलाई सक्षम बनाउनमा सहयोग पुऱ्याउने बताए। यसरी नै विभागका विशेष सचिव सुमन गुरुङले आफ्नो सम्बोधनमा तीन जिल्ला, नाम्ची, मंगन र गेजिङका मास्टर प्रशिक्षार्थीहरूका लागि चार दिनसम्म शुरु गरिएको राज्य-प्रक्रिया प्रयोगशालाको उद्देश्यमाथि प्रकाश पारे। उनले थप जानकारी गराएअनुसार राज्य-प्रक्रिया प्रयोगशालाले आत्म-विश्लेषण र व्यक्तिगत रूपान्तरणको लागि एक मञ्च प्रदान गरेको बताए। उनले मास्टर प्रशिक्षार्थीहरूलाई क्षमतालाई उजागर गर्ने आग्रह गरे।