आरबीआईको तीन दिवसीय खेलकुद कार्यक्रम समाप्त

IMG-20250901-WA0202

गान्तोक: राष्ट्रिय खेल दिवसको उपलक्ष्यमा भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), गान्तोक खेल विभाग, भारत सरकारको खेल तथा युवा मामिला मन्त्रालयले २९ देखि ३१ अगस्तसम्म विभिन्न खेल गतिविधि आयोजन गऱ्यो। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले खेलले लचिलोपन, टोली कार्य र नेतृत्वलाई बढावा दिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नको साथै व्यक्तिगत विकास गर्ने सन्देश दिएका छन्। आरबीआई बुनियादी ढाँचा, नीति र पहलहरूमा निवेश गर्नका लागि प्रतिबद्ध छ, जसले कर्मचारीहरूलाई खेलकुदमा उत्कृष्टता प्राप्त गर्नमा सक्षम बनाउँनको साथै देशको आर्थिक विकासमा पनि सहयोग पुऱ्याउने गरिरहेको बताए। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशकले कार्यक्रमहरूको शुरु सबै कर्मचारी सदस्यहरूले गर्ने सुझाउ दिए। यसअन्तर्गत कर्मचारीहरूका लागि विभिन्न खेल प्रतियोगिताहरू आयोजना गरिएको थियो। जसमा पोस्टर बनाउने प्रतियोगिता, टेबल टेनिस, क्यारेम, चेस, धनुर्विद्या र अन्य खेल थियो। यस अवधिमा एक फिटनेस वार्ता पनि आयोजन गरियो। जसलाई पर्वतरोही मनिता प्रधानले अनुभव प्रस्तुत गरेकी थिइन्। प्रधानलाई माउन्ट एभरेस्टको सफल आरोहणमा उल्लेखनीय उपलब्धिको लागि सम्मानित गरियो। उनले आफ्नो प्रेरणादायी यात्रा आफ्नो किशोरावस्थादेखि लिएर माउन्ट एभरेस्टसम्म सफल आरोहण र सात शिखरहरूलाई आरोहण गर्ने आफ्नो निरन्तर योजना रहेको बताइन्। कार्यक्रमको समापन अवसरमा ‘सण्डे अन साइकल’ को साथ आयोजना गरियो। जसमा धेरैजना कर्मचारीहरूले पनि भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement