तीनधारेमा महिनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचन कार्यक्रम सम्पन्न

IMG-20250901-WA0136

खरसाङ: तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम सम्पन्न भएको छ। उक्त महुनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम गत १ अगस्त २०२५ देखि ३१ अगस्त २०२५ सम्म आयोजना गरिएको छ। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुध्दिष्ट एसोसिएसनको आयोजनामा एक महिनासम्म चलेको उक्त ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम १ अगस्तदेखि लगातार रुपमा प्रतिदिन अपरान्ह २ बजीदेखि ४ बजीसम्म धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेद्वारा प्रवचन दिइएको छ। उक्त महिनाभरि ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रमको अन्तिम दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेको बाहुलीबाट वाङ वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त महिनाभरि ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रममा प्रत्येक दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेले सम्पूर्ण अन्य लामा म्हेम्हेहरु, म्हाणिपा संघका आनीहरु, बौध्द धर्मावलम्बीहरु र अन्य जनसाधारणको उपस्थितिमा दिव्य प्रवचन दिइएको जानकारी सह सचिव सन्तोष लामाले दिएका छन्। उनले दिएको जानकारी अनुसार महिनाव्यापी प्रवचनको अन्तिम दिन ल्हाक्पा बम्जन म्हेम्हेलाई गुम्बाको तर्फबाट सम्मान जनाइएको छ।
यस अवसरमा सम्मान पत्र सह सचिव सन्तोष लामाले पठन गरेका थिए भने सभापति प्रेम योञ्जनको बाहुलीबाट प्रदान गरिएको छ। यस अन्तिम दिनकल कार्यक्रमलाई सदस्य सुरेन बम्जनले सञ्चालन गरेका थिए। कार्यक्रममा समितिको मूल सचिव महेन्द्र तामाङले महिनाव्यापी कार्यक्रम विषयमा वक्तव्य राख्दै धन्यवाद ज्ञापन पनि राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement