स्व. पेम्बा मोक्तान स्मृति सामुहिक लोक नृत्य प्रतियोगिताको विजेता बने जनसेवा संघ राजबारी

IMG-20250901-WA0122

खरसाङ: तीनधारेको राजबारीस्थित जनसेवा संघ सामुहिक लोक नृत्य प्रतियोगिताको विजेता बनेको छ। तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको आयोजनामा सम्पन्न स्व. पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता महात्मा गाँधी हलमा सम्पन्न भएको थियो जसको अध्यक्षता ग्राम कल्याण समितिको सभापति जेबी गुरुङको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।‌ युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा लोक नृत्य प्रतियोगिताको निर्णायकको रुपमा अरुणा सुन्दास र अनुपमा घतानी उपस्थित रहेका थिए। कार्यक्रममा तीनधारे क्षेत्रका पाँचवटा समाजका नानीहरुले सामुहिक लोक नृत्य प्रतियोगितामा भाग लिएका‌ थिए‌ जसमा प्रथम जनसेवा संघ राजबारी, दोस्रो युवा ज्योति संघ सत्र माइल‌ र तेस्रो ग्राम कल्याण समिति क्रिकेट बजार भएका छन् भने चौथो गुराँस संघ र पाँचौं मित्र संघ गोलाई पाखा भएका छन्। यसै कार्यक्रममा क्यारिङ ह्याण्डका शिशिर राई, तीनधारेका समाजसेवी सतीश राई र यस वर्षको उच्चत्तर माध्यमिक परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने समाजका विद्यार्थी क्षितिज गुरुङलाई पनि सम्मान जनाइएको छ।तीनैजनाको सम्मान पत्र सृजना तामाङले‌ पठन गरेका थिए‌।

कार्यक्रममा नानी आहानराज राणाले साङ्गीतिक प्रस्तुति पनि दिएका थिए। विजेतालाई कार्यक्रमको प्रमुख अतिथि सभासद नवराज छेत्रीको बाहुलीबाट आकर्षक ट्राफीसहित मेडल प्रदान गरिएको ग्राम कल्याण समिति क्रिकेट बजार तीनधारेको सचिव सञ्जीव मंगरले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement