भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे स्थापना दिवसलाई लिएर खरसाङ महकुमा स्तरीय सभा सम्पन्न

IMG-20250901-WA0120

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा समितिकाे सभा सम्पन्न भएको छ। आगामी 9 सेप्टेम्बरमा खरसाङ महकुमा अन्तर्गत पर्ने मङ्पुमा पालन हुने भनिएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चौथौ स्थापना दिवस विषय लिएर खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा सर्वप्रथम खरसाङ महकुमा युवा शक्तिका महासचिव तथा दार्जीलिङ महकुमाका जन सम्पर्क अधिकारी ब्रिगेन मिश्राले मङ्पूमा पालन हुने स्थापना दिवस तैयारी विषय लिएर जानकारी दिएका छन्। सभामा केन्द्रीय सदस्य राम पोख्रेल, केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा समिति सभापति प्रेमेन्द्र गुरुङ, केन्द्रीय समिति नारी समिति अध्यक्ष अनु प्रधान, खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले सभालाई सम्बाेधन गरेका थिए। पार्टीप्रतिको याेगदानलाई ध्यानमा राखेर खरसाङ टाउन कमिटीका मूल सचिवलाई पदोन्नति गरी खरसाङ महकुमा समितिका सह सचिव पदमा नियुक्त गरियो भने टाउन कमिटीको कार्यवाहक सचिव बीरबल पाख्रिनलाई टाउन कमिटीकाे पूर्ण जिम्मेवारी सुम्पिन्दै टाउन कमिटीकोे मूल सचिव पदमा नियुक्त गरेर प्रमाण पत्र प्रदान गरिएको छ। यसको साथै क्रमबद्ध रूपमा मैत्र सेन शर्मालाई टाउन कमिटीकोे सांगठनिक सचिव, चाँदनी तामाङलाई महकुमा नारी शक्ति एको सह सचिवकाे पदमा नियुक्त गरिएको छ। सभाको अन्त्यमा सभाध्यक्ष सुभास प्रधानले आफ्नो सम्भाषण राखेका थिए। सभामा स्थापना दिवस लिएर राखिएको महत्त्वपूर्ण सभामा खरसाङ महकुमा समितिको नेतृत्वगण, प्रतिनीधिगण, सदस्यगण, खरसाङ टाउन कमिटीका नेतृत्वगण, प्रतिनिधिगण उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement