ईंग्लिश प्रीमियर लीगः लिभरपूलको रोमाञ्चक जीत, म्यानचेष्टर सिटीको लगातार दोस्रो हार

photocollage_202591133639289

लण्डन: शक्तिशाली लिभरपूलले ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको नयाँ सिजनमा पनि जीतको क्रम जारी राख्यो। यसबीच म्यानचेष्टर सिटीले चाहिँ फेरि हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको हाई भोल्टेज म्याचमा लिभरपूलले आर्सनललाई १-०-ले पराजित गऱ्यो। म्याच आशानुरूप चरम रोमाञ्चक रह्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई डोमिनिक श्जोबोसज्लाईको गोलले जीत दिलायो। हंगेरीका यस डिफेण्डरले म्याचको ८३औं मिनटमा निर्णायक गोल गरे। यस जीतको साथ लिभरपूल ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी तेस्रो स्थानमा रहने आर्सनलसँग ६ पोइण्ट्स रहेको छ।
म्यानचेष्टर सिटीले चाहिँ ब्राइटनविरुद्ध १-२-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। गत हप्ता टोटनह्यामविरुद्ध २-०-ले पराजित हुने सिटीले ब्राइटनविरुद्ध पनि प्रभावशाली प्रदर्शन गर्न सकेन अनि शुरुवाती बढ़त हासिल गरेपछि पनि म्याच गुमायो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीलाई एर्लिंग हालाण्डले ३४औं मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा चाहिँ ब्राइटनले लगातार २ गोल हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जेम्स मिल्नेरले ६७औं र ब्राहान ग्रुडाले ८९औं मिनटमा गोल गरे। यस जीतपछि ब्राइटन ४ पोइण्ट्सको साथ ११औं स्थानमा पुग्यो। यसरी १३औं स्थानमा रहने सिटीसँग केवल ३ पोइण्ट्स रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई अनि वेष्ट ह्यामले नटिंघम फरेष्टलाई ३-०-को समान अन्तरले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement