लीग्स कपको फाइनलमा झगड़ा, सीएटलका प्रशिक्षकको अनुहारमा थुके सुआरेजले

IMG-20250901-WA0109

न्यूयोर्क: मेजर लीग सकर (एमएलएस)-मा लीग्स कप २०२५-को फाइनल स्कोरलाइनले मात्र नभएर म्याच समाप्त भएपछि मैदानमा भएको घटनाक्रमले गर्दा पनि चर्चामा रह्यो। फाइनलमा सीएटल साउण्डर्सले लियोनल मेस्सीको कप्तानीमा रहने इण्टर मियामीलाई ३-०-ले पराजित गरी खिताब जित्यो। म्याच समाप्त हुनको साथै इण्टर मियामीबाट खेलिरहेका उरुग्वेका स्टार फरवर्ड लुइस सुआरेजले आफ्नो व्यवहारद्वारा विवाद सृष्टि गरे। मैदानभित्र आफ्नो खराब वर्तावले गर्दा सुआरेज फेरि विवादमा जड़िएका छन्। म्याचमा फूलटाइमको सीटी बज्नको साथै माहोर बिग्रियो। म्याच हारेपछि रिसाएका सुआरेजले सीधै गएर सीएटल साउण्डर्सका २० वर्षीय मीडफिल्डर ओबेद वर्गासको घाँटी निचोरे। त्यही समय इण्टर मियामीमा अन्य एक स्टार फूटबलर सर्जियो बुस्क्वेट्सले वर्गासलाई हिर्काए। यस अप्रत्याशित घटनाले दुवै टीमका खेलाड़ीहरूबीच झगड़ा शुरु भयो। सुआरेजले व्यवहारले विवाद शुरु भएपछि दुवै टीमका खेलाड़ीहरूका साथमा स्टाफहरू पनि मैदानमा ओर्लिएर एकार्कालाई कुटपीट गर्न थाले। केही सेकेण्डमै मामिला गम्भीर भयो अनि मैदानमा लात र घुस्सीको वर्षा भयो। पूरा मामिला शान्त हुन निक्कै समय लाग्यो। खेलाड़ीहरू शान्त भएपछि पनि विवाद रोकिएन। झगड़ा समाप्त भएपछि सुआरेज सीएटलका एसिस्टेण्ट कोच तर्फ बढ़े। कोचले उनीसँग बातचीत गर्न अस्वीकार गर्दा माहोल फेरि गरम भयो। सुरक्षाकर्मी र साथी खेलाड़ीहरूले त्यहाँबाट हटाउने प्रयास गर्दा सुआरेजले सीएटल साउण्डर्सका एसिस्टेण्ट कोचको अनुहारमा थुके। सुआरेजको यस्तो व्यवहारको सोशल मीडियामा निक्कै आलोचना भइरहेको छ। प्रशंसक र विश्लेषकहरूले सुआरेजको वर्तावको कड़ा निन्दा गरिरहेका छन्। मेजर लीग सकरका अधिकारीहरूले मामिलाको जाँच गरेर दुवै टीममाथि कठोर कार्वाही गर्न सक्छन्। कसैमाथि थुक्नु सबैभन्दा अपमानजनक अनि अस्वीकार्य वर्तावहरूमा एक हो अनि यसको निम्ति खेलाड़ीहरूमाथि भारी जरिमाना लगाइनको साथै लामो प्रतिबन्ध पनि लाग्न सक्छ। यसबीच एमएलएस लीग्स कपको फाइनलमा सीएटल साउण्डर्सको निम्ति ओसाजे डे रोजारियोले २६औं, एलेक्स रोल्डानले ८४औं र पल रथरकले ८९औं मिनटमा गोल गरे। मेस्सी र सुआरेज जस्ता दिग्गज खेलाड़ीहरूका साथ म्याचमा ६८ प्रतिशत बल पोजेशनको साथ खेले पनि इण्टर मियामीले गोल गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement