एएफसी वूम्न्स च्याम्पियन्स लीगको मूल चरणमा पुग्न सफल ईष्ट बेंगल

IMG-20250901-WA0102

नयाँ दिल्ली: ईष्ट बेंगलको महिला फूटबल टीमले इतिहास रच्यो। लगातार दोस्रो म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै कलकत्ताको टीमले एएफसी वूम्न्स च्याम्पियन्स लीगको मुख्य ड्र-मा प्रवेश गऱ्यो। कम्बोडियाको फेनोम पेन्हस्थित नेशनल स्पोर्ट्स कम्प्लेक्समा ईष्ट बेंगल र कित्ची एफसी (हंगकंग)-बीच आइतवार खेलिएको ग्रुप ई-को म्याच १-१-ले ड्र रह्यो। भारतीय क्लबको तर्फबाट संगीता बासफोरले नवौं मिनटमा गोल गरिन्। यसरी कित्ची एफसी-को तर्फबाट हो मुइ मेईले ५९औं मिनटमा गोल गरिन्। यसरी २ वटा म्याचमा ४ पोइण्ट्सको साथ ईष्ट बेंगलले ग्रुप विजेता बनेर टुर्नामेण्टको मूल ड्र-मा स्थान पक्का गऱ्यो।

ईष्ट बेंगल यस प्रतिष्ठित टुर्नामेण्टको मुख्य ड्र मा स्थान बनाउने ओडिशा एफसी पछि दोस्रो भारतीय क्लब हो। ईष्ट बेंगलले यसअघि ग्रुपको पहिलो म्याचमा स्थानीय टीम फेनोम पेन्ह क्राउन एफसी विरुद्ध १-० ले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement