एसएमआईटी माझीटारमा आयोजित अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ मा मुख्यमन्त्री सहभागी

n6791006531756663086771bc9ef785d4c2445dafbd8f35cce5a73827189cc9dad2fcaa0219afd2fd75c4c3

गान्तोक: आज एसएमआईटी माझीटारमा आयोजित अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ मा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने। रोटरी क्लब अफ् गान्तोक र इनर ह्विल क्लब अफ् गान्तोककाे संयुक्त संयुक्त पहलमा आयोजना गरेको यस वार्षिक कार्यक्रममा राज्यभरका सरकारी र निजी विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई एउटा मञ्चमा ल्याएर शैक्षिक र रचनात्मक गतिविधिहरूमा संलग्न गर्नु रहेको बताइएको छ।
कार्यक्रममा राज्य शिक्षा विभाग मन्त्री राजु बस्नेत, विधायक सन्जित खरेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव टीडब्ल्यु लेप्चा, गान्तोककी उपमेयर पाल्देन छिरिङ भोटिया, पाकिमका जिल्लापाल रोहन अगवाने, वरिष्ठ पुलिस अधीक्षक पारू रूचाल आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले युवा पीढीको भविष्यलाई आकार दिन शिक्षा, रचनात्मकता र दृढ़ताको महत्वमाथि प्रकाश पारे। उनले २०११ वर्षदेखि निरन्तर रूपमा उडान कार्यक्रम आयोजनाको लागि आयोजक संस्थाहरूलाई बधाई दिॅंदै यो कार्यक्रम विद्यार्थीहरूको प्रतिभालाई पालनपोषण गर्ने एउटा उल्लेखनीय मञ्च बनेको बताए।
मुख्यमन्त्रीले यस कार्यक्रममा राज्यभरका १२० विद्यालयहरूबाट लगभग १,८०० विद्यार्थीहरू सहभागी बनेकोमा खुशी व्यक्त गरे। उनले यस्ता महोत्सवहरूले विद्यार्थीहरूलाई प्रश्नोत्तर, स्पेल बीस, रचनात्मक लेखन, मनो एक्ट, समूह नृत्य आदि गतिविधिहरूको माध्यमद्वारा आफ्ना सम्भावनाहरू प्रदशित गर्न प्रेरित गर्ने बताए। उनले चुनौतीहरूको सामना गर्दै दृढ रहन विद्यार्थीहरूलाई आग्रह गरे र आफूले गरेका संघर्षहरूबारे जानकारी गराए।
मुख्यमन्त्रीले आजको असीमित अवसरहरूको युगमा विद्यार्थीहरूलाई राम्रो मार्गदर्शन गर्न विद्यालयहरूलाई करियर काउन्सिलिङ सत्रहरू शुरू गर्न आह्वान गरे। सिक्किम सरकारले शिक्षालाई समर्थन गर्न र युवा पुस्तालाई सशक्त बनाउन राज्य सरकारले शुरू गरेका महत्वपूर्ण पहलहरूको बारेमा पनि जानकारी गराए। उनले शैक्षिक अनुभव वृद्धि गर्न र विद्यार्थीहरूको समग्र विकासलाई प्रवर्द्धन गर्न सहयोग गर्ने आश्वासन दिए।
उडानकी चेयरमेन नीति नेपालले मुख्यमन्त्रीलाई देशका साना राज्यहरूमा उत्कृष्ट कार्यसम्पादन गर्ने मुख्यमन्त्री बनेकोमा बधाई दिॅंदै वर्तमान सरकारले विभिन्न क्षेत्रहरूमा गरेका प्रयासहरूको सराहना गरिन्। उनले उडानले शहरी र ग्रामीण क्षेत्रका सरकारी र निजी विद्यालयका विद्यार्थीहरूलाई उनीहरूका प्रतिभा र कौशल प्रदर्शन गर्न एउटा मञ्चको रूपमा काम गर्दछ भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement