नयाँ दिल्ली: भारतीय क्रिकेटमा द वाल-को नामले चिनिने राहुल द्रविड़ले राजस्थान रोयल्सको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। यस फसेलाले धेरैलाई चकित बनाएको छ कारण द्रविड़लाई फ्रेञ्चाइजीको तर्फबाट एउटा ठूलो भूमिकाको प्रस्ताव दिइएको थियो, जसलाई उनले अस्वीकार गरे। राजस्थान रोयल्सले बताएअनुसार, उनीहरूले द्रविड़लाई एउटा ठूलो भूमिकाको प्रस्ताव दिएका थिए तर उनले त्यसलाई स्वीकार गरेनन्। यसबीच सूत्रबाट थाहालागे अनुसार, द्रविड़को निम्ति प्रस्ताव गरिएको नयाँ भूमिका उनलाई टीमको रणनीतिक फसेलाहरूबाट टाढ़ा गर्ने तर्फ इशारा रहेको थियो। द्रविड़लाई टीमको मूल निर्णयहरूबाट हटाएर एउटा पद सम्मान दिइएको थियो, जसलाई सम्भवतः पूर्व भारतीय दिग्गजले पनिशमेण्ट प्रोमोशन-को रूपमा हेरे। टीमका नियमित कप्तान सञ्जु सेमसनको राजस्थान फ्रेञ्चाइजीसँग भविष्य अनिश्चित देखिएको छ। चोटले गर्दा उनले गत सीजनमा अधिकांश म्याच नै खेलेनन् अनि टीम नवौं स्थानमा रहेको थियो। गत सीजनमा अधिकांश म्याचमै रियान परागले कप्तानी गरेका थिए अनि फ्रेञ्चाइजी उनलाई नै कप्तान नियुक्त गर्ने सोचमा रहेको छ। असमका यस खेलाड़ीले २०२४ सीजनमा ५७३ रनको साथ असाधारण प्रदर्शन गरेका थिए तर कप्तानको रूपमा गत सीजनमा केवल ३९३ रन बनाएका थिए। सूत्रबाट थाहालागे अनुसार, द्रविड़ परागलाई टीमको कप्तान बनाउने फसेलासँग सम्पूर्ण रूपले सहमत थिएनन्। टीममा उपस्थित यशस्वी जयसवाल र ध्रुव जुरेल जस्ता खेलाड़ीहरूलाई अधिक परिपक्व र तक्निकी रूपले असल मानिन्छ। रन बनाउने क्षमता र अन्तर्राष्ट्रिय अनुभवले जयसवाललाई कप्तानको भूमिकामा स्वाभाविक विकल्प बनाउँछ। द्रविड़ले सदा संयम, निरन्तरता र प्रदर्शनलाई प्राथमिकता दिएका छन्। यसैकारण उनी यस्ता एकजना खेलाड़ीलाई कप्तान बनाउने पक्षमा थिएनन्, जसको प्रदर्शन अस्थिर रहेको छ। यी समस्त विवादहरूले गर्दा नै द्रविड़ले राजस्थानको फ्रेञ्चाजीबाट अलग हुने फसेला गरेका छन्।