जोरथाङमा विद्यार्थीमुखी “नेपाली भाषा वार्ता-विमर्श” कार्यशाला सम्पन्न

IMG-20250831-WA0162

जोरथाङ: सृजनशील नेपाली साहित्य लेखन मञ्च, नेपाली संस्कृति संरक्षण संस्थान तथा हिमाली प्रतिभा निकेतनको संयुक्त तत्वावधानमा जोरथाङको सामुदायिक भवनमा विद्यार्थीमुखी “नेपाली भाषा वार्ता-विमर्श” कार्यशाला सम्पन्न गरियो। कार्यशालाको अध्यक्षता सालघारी-जूम समष्टिका क्षेत्र विधायक मदन सिञ्चुरीले गरेका थिए। पहिलो श्रोत वक्ताका रुपमा सन्त अगस्टिन विद्यालय, कालेबुङका शिक्षक एवं साहित्यकार सुवास सोताङ थिए दोस्रो श्रोत वक्ता सिक्किम रूपान्तरण संस्थानका उपाध्यक्ष एवं वरिष्ठ साहित्यकार चन्द्रप्रकाश भट्टराई रहेका थिए। कार्यक्रममा साहित्यकार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको शुरु भाषा सङ्ग्रामी एवं सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीलाई श्रद्धाञ्जली अर्पणबाट भएको थियो। यसबीच सिक्किम राज्य गीत “जहाँ बग्छ टिस्टा रङ्गित” ले कार्यक्रम स्थल गुञ्जयमान बन्यो।
सिक्किम राज्य ब्याङ्कका सल्लाहकार तथा नेपाली संस्कृति संरक्षण संस्थानका अध्यक्ष बीरेनचन्द्र राईले अनि सृजनशील नेपाली साहित्य लेखन मञ्चकी अध्यक्ष रजनी पेघाले कार्यक्रमको औचित्यबारे प्रकास पारे।
पहिलो सत्रमा श्रोतवक्ता सुवास सोताङले “नेपाली भाषा आन्दोलन: वर्तमान अवस्था र चुनौतीहरू” विषयमा वार्ता प्रस्तुत गरे। यसअन्तर्गत प्रश्नोत्तर सत्रमा जसमा विद्यार्थीहरूले उत्साहका साथमा सहभागिता जनाए। त्यसपछि पीएमश्री उच्चतर माध्यमिक विद्यालय, जोरथाङको नृत्य टोलीले परम्परागत मारुनी नृत्य प्रस्तुत गरेको थियो। दोस्रो सत्रमा श्रोतवक्ता चन्द्रप्रकाश भट्टराईले “नेपाली पाठ्यक्रमको सरलीकरण र भाषा प्रयोगको दिशा” विषयमा वार्ता प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सिञ्चुरीले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेड़ाका लागि सम्पूर्ण समाज एकताबद्ध हुनुपर्ने आह्वान गरे। कार्यक्रमको अन्तमा शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याुउँदै आएका नेपाली विषयका स्नातक तथा स्नातकोत्तर ११ जना शिक्षकलाई सम्मानित गरियो। यसअन्तर्गत गेलिङ सरकारी उच्चतर माध्यमिक विद्यालय सुस्मीता सुब्बा, नाबिल्स् मेमोरियल माध्यमिक विद्यालयकी बिनिता दर्जी, गेलिङ सरकारी उच्चतर माध्यमिक विद्यालयकी एनी लेप्चा, सरकारी माध्यमिक विद्यालय, जूमका सरोज राई, स्प्रिङडेल अकादमी, मङ्गलबारेकी सरिता राई, सरकारी माध्यमिक विद्यालय, पिपलेका अनुसा मुखिया,
पीएमश्री सरकारी उच्चतर माध्यमिक विद्यालय, जोरथाङकी वीणा शर्मा,
सन्त फ्रान्सिस विद्यालय, जोरथाङकी मिनु मुखिया,
सावलीगाउँ सरकारी माध्यमिक विद्यालयकी ममता राई, जोरथाङ पीएमश्री सरकारी उच्चतर माध्यमिक विद्यालयकी दिव्या सुब्बा र जूम माउण्ट सिनाई एकेडेमीका बिनोद राईलाई अभिनन्दन गरियो। त्यसरी नै प्रश्नोत्तर सत्रमा सहभागिता जनाउने विद्यार्थीहरूलाई पुरस्कारस्वरूप साहित्यिक पुस्तकहरू प्रदान गरियो। कार्यक्रममा डीके विश्वकर्माले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको सञ्चालन आदर्श मिलन प्रधान र अमन अग्रवालले गरेका थिए। यसबीच आकाङ्क्षा मुखियाले नृत्य प्रस्तुत गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement