कवि सुधा एम राई प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कारद्वारा अलङ्कृत हुने

IMG-20250831-WA0163

गान्तोक: सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरेको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा संकायमा अधिकारीका रूपमा कार्यरत साहित्यकार राईलाई यो पुरस्कार काव्यध्वनि असमद्वारा प्रदान गरिने घोषणा गरिएको छ। काव्यध्वनि असमले स्थापित गरिएको यो पुरस्कार प्रत्येक वर्ष साहित्य, संस्कृति र कविता क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउने व्यक्तित्वलाई अर्पण गरिन्छ।
साहित्यकार राईले लामो समयदेखि सिक्किमबाट नेपाली साहित्यमा कविता कथा र अनुवादको क्षेत्रमा कलम चलाउँदै आएका हुन्। उनले नयाँ दिल्लीस्थित साहित्य अकादेमीको नेपाली भाषा समितिमा सदस्यका रूपमा पनि सेवा गरिसकेकी छन्। उनको अहिलेसम्म आठवटा कृति प्रकाशित छ। जसमा चार कविता सङ्ग्ग्रह, एउटा कथा संग्रह र तीन अनुवाद कृतिहरू समावेश छन्।
उनको साहित्यिक यात्रा विभिन्न सम्मानहरूले चिन्हित भएको छ। जसमा स्रष्टा पुरस्कार (सिक्किम), भाइचन्द प्रधान स्मृति पुरस्कार (कालेबुङ, पश्चिम बङ्गाल), कमला आँशु स्मृति पुरस्कार (सिक्किम), डा. शोभाकान्ति थिगिम (लेप्चा) स्मृति पुरस्कार (सिक्किम) र कृष्ण भूषण बल स्मृति सृजना सम्मान (विराटनगर, नेपाल) लगायत अन्य पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेका छन्।
उनका लेखनकृतिहरू अंग्रेजी, हिन्दी र जर्मन भाषामा अनुवादित भएका छन्। जसले नेपाली साहित्यलाई फराकिलो पाठकमाझ पुऱ्याएको छ। साथै, उनी निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता समारोहहरूमा सहभागी हुँदै आएकी छन्। जसमा उनले सिक्किम र नेपाली साहित्यिक परम्परालाई विश्व मञ्चमा प्रस्तुत गर्दै आएकी छन्। काव्यध्वनि असमका सचिव लक्ष्मी फिलबरीका अनुसार, यो पुरस्कारले राईको साहित्य समृद्धि र सांस्कृतिक चेतना प्रवर्द्धनमा महत्वपूर्ण भूमिकाको कदर गर्दै प्रदान गरिएको छ भने आगामी नोभेम्बर महिनामा एक भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement