गान्तोक: हिजो राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री प्रेमसिंह तामाङको फोटो (पोस्टर) च्यात्ने दक्षिण सिक्किमको रातेपानी निवासी बताइने सुकराज सिलाल र उनको सहयोगी रोजेश राईलाई आज मल्ली पुलिसले पक्राउ गरेको छ। सिटिजन एक्शन पार्टी, सिक्किमले प्रेस विज्ञप्ती जारी गरेर आरोपीहरूलाई मल्ली पुलिसले पक्राउ गरेको पुष्टी गरेको छ।
उल्लेखनीय छ, पत्रकार सम्मेलनमा मुख्यमन्त्री तामाङ र सरकारको कड़ा आलोचना गर्दै पार्टी त्याग्ने सुकराज राई र रोजेश राई हिजो नै आधिकारिक रुपमा सिटिजन एक्शन पार्टीमा सामेल भएका थिए। अर्कोतिर मुख्यमन्त्रीको पोस्टर च्यातेकोमा घोर आपत्ति जनाउँदै मल्ली थानामा प्राथमिकी दर्ता गराइएको थियो। त्यसै प्राथमिकीमाथि कार्यवाही गर्दै मल्ली पुलिसले आरोपीहरूलाई पक्राउ गरेको हो।