खरसाङ: खरसाङको सिंगेल चियाबगान अन्तर्गत कफीबारी डाँडाधुरा निवासी पिता कृतान सुब्बा र आमा दिपमाला सुब्बाकी छोरी निहारिका सुब्बाले निट परीक्षा उत्तीर्ण गरेकोमा सम्मान जनाइएको छ। यसै खुशीको मौकामा गाउँवासी साथै डाँडाधुरा ग्राम सुधार समिति समाजले निट परीक्षा पास गरी गाउँ साथै समाजका नाम उच्च गरेकोमा निहारिकालाई गाउँका सम्पूर्ण ठूला वढहरूद्वारा आशीर्वाद स्वरूप सम्मान जनाएका छन्। विशेष सम्मान कार्यक्रममा समाजका प्रतिनिधि भाईटन तामाङ, समाज सभापति, बिन्ध्या सुब्बा, सल्लाहकार डम्बर छेत्री, पञ्चायत प्रधान सहदेव तामाङ आदिले वक्तव्यमा निहारिका सुब्बालाई बधाई साथै आशीर्वाद दिएका थिए।
आउँदो दिनहरुमा समाजबाट गर्नु सक्ने सहयोग पुर्याउने बचन दिएका छन्। अन्त्यमा निहारिका छेत्रीले समाजलाई सम्बोधन गर्दै यत्रो माया अनि सम्मान जनाएकोमा धन्यवाद दिँदै युवाहरूलाई पनि आफ्नो अभिभावकको मार्गदर्शनमा हिड्ने सुझाव दिँएकी छन्।