भाषा संग्रामी एंव पूर्व सांसद आरबी राईलाई जीटीएद्वारा ‘भाषा सेवा सम्मान’ पुरस्कार

IMG-20250831-WA0158

दार्जीलिङ: तीन दशक लामो भाषा मान्यता आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने भाषा संग्रामी एंव पूर्व सांसद आर. बी राईलाई जीटीएद्वारा ‘भाषा सेवा सम्मान’ पुरस्कारद्वारा अलङ्करण गरिएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा साता दिनव्यापी चलिरहेको ३४औं भाषा मान्यता दिवस महोत्सवको आईतबार विधिवत रुपले समापन गरियो। दार्जिलिङको‌ गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न उक्त समापन समारोहका मुख्य अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापाले खदामालाको साथ गोर्खा टोपी लगाउँदै सम्मान पत्रको साथ वयोवृद्ध भाषा संग्रामी एंव पूर्व सांसद आरबी राईलाई नागरिक सम्बर्द्धना जनाएका छन्।


जीटीएको सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली भाषा समारोह समितिको संयुक्त तत्वावधानमा सम्पन्न यस समापन कार्यक्रम अवधि भाषिक एकता दर्शाउँदै हर्षोल्लासका साथ सांस्कृतिक शोभा यात्रा निकालेर शहर परिक्रमा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement