राईजिङ सन स्पोर्टिङ्ग क्लबको कराते खेलाडी नानीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न

IMG-20250831-WA0136(1)

खरसाङ: खरसाङको गिध्द पहाडमा अवस्थित राईजिङ सन स्पोर्टिङ्ग क्लब शितो कराते डो एसोसिएसनको आयोजनामा बेल्ट वितरण साथै कराते खेलाडी नानीहरुको अपग्रेड कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम राईजिङ सन स्पोर्टिङ्ग क्लबको निर्देशक एंव मुख्य प्रशिक्षक अमीत छेत्रीको सक्रियतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सेक्रेट हार्ट स्कूल सिलगढीको निर्देशक अनिल गुप्ता उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा प्रेमेन्द्र गुरूङ, अञ्जय छेत्री, खरसाङ महाविद्यालयका प्राध्यापकद्वय डा दावा शेर्पा र दिपेन शेर्पा, शिक्षिका रूकशाना बानु, शिक्षक देवराज थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त बेल्ट वितरण कार्यक्रम शिहान मिराज लेप्चाको मार्ग निर्देशन र छत्रछायाँमा सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थी नानीहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कराते खेलाडी नानीहरुले काता प्रदर्शन र नामचाकु प्रदर्शन लगायत अन्य कराते प्रदर्शन गरेका थिए। यस कार्यक्रमलाई प्रमित छेत्रीले सञ्चालन गरेका थिए भने शिहान मिराज लेप्चा, मुख्य अतिथिको रुपमा उपस्थित सेक्रेट हार्ट स्कूल सिलगढीको निर्देशक अनिल गुप्ता, अञ्जय छेत्री, प्रेमेन्द्र गुरूङ, हनोक थापा आदिले वक्तव्य राखेका थिए।

यसै कार्यक्रममा अमीत छेत्रीको प्रशिक्षणमा रहेका जम्मा ८५ जना नानीहरुलाई विभिन्न बेल्टहरु वितरण गरिएको छ।‌ यसमा कराते खेलाडी नानी प्रथम छेत्रीले ब्ल्याक बेल्ट प्राप्त गरेका छन्। सबै कराते खेलाडी विद्यार्थी नानीहरुलाई अतिथिहरुका बाहुलीबाट विभिन्न बेल्टहरु साथै प्रमाण पत्रहरु वितरण गरिएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन राईजिङ सन स्पोर्टिङ्ग क्लबको निर्देशक अमीत छेत्रीले राखेका थिए। उल्लेखनीय छ अमीत छेत्रीले २०११ देखि नै राईजिङ सन स्पोर्टिङ्ग क्लब गिध्द पहाडमा सञ्चालन गर्दै आईरहेका छन् भने उनले यसबाहेक ज्याप डोभियल स्कूल घैयाबारी, सेक्रेट हार्ट स्कूल सिलगढी र ग्लेन हिल पब्लिक स्कूल खरसाङमा‌ पनि कराँते प्रशिक्षणको कार्य गर्दै आईरहेका छन्।

अमीत छेत्री राईजिङ सन स्पोर्टिङ्ग क्लबको निर्देशक एंव मुख्य प्रशिक्षक रहेर नानीहरुलाई कराते प्रशिक्षक दिनुको साथै विद्यार्थीहरुलाई शिक्षामा पनि सहयोग गर्दै आईरहेका छन्। उनले नानीहरुलाई कराते प्रशिक्षक दिनुको साथै विभिन्न सामाजिक कार्यहरु पनि लगातार रुपमा गर्दै आईरहेका छन्। उनले अहिले ४०० जना भन्दा बढी नानीहरुलाई कराते प्रशिक्षण दिने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement