यूएस ओपन २०२५ः यानिक सिनरको साथमा कोको गौफ र नाओमी ओसाका प्री-क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_2025831160384

न्यूयोर्क: विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरले पहिलो सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै म्याच जितेर यूएस ओपन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको प्री-क्वार्टर फाइनलमा प्रवेश गरे। यसरी महिला एकलमा अमेरिकाकी कोको गौफ र जापानकी नाओमी ओसाकाले पनि आ-आफ्नो म्याच जितेर प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्, जहाँ यी दुई स्टार खेलाड़ीबीच भिड़न्त हुनेछ। वर्तमान च्याम्पियन खेलाड़ी सिनरले विश्वका २७औं नम्बरका खेलाड़ी डेनिस शापोवालोवलाई ५-७, ६-४, ६-३, ६-३-ले पराजित गरे चौथो राउण्डमा प्रवेश गरे। म्याच जितेपछि सिनरले भने, म कुनै मशीन होइन अनि यो कुरा सबैलाई थाहा छ। मलाई पनि म्याच जित्न कहिले-काहीँ संघर्ष गर्नु पर्छ। ममाथि पनि स्वाभाविक रूपले दबाउ रहन्छ। तपाईंले म्याचमा द्रुत तालमेल मिलाउनु पर्छ। यस जीतको साथै इटलीका यस खेलाड़ीले हार्ड कोर्टमा आफ्नो असाधारण प्रदर्शनलाई जारी राखे। उनी हार्ड कोर्टमा हुने ग्राण्ड स्ल्याममा २४२ वटा म्याचदेखि अजेय रहेका छन्। यसमा २०२४-मा यूएस ओपन र २०२४ र २०२५-मा अष्ट्रेलियन ओपनको खिताब सामेल छ। उनले जुलाईमा ग्रास कोर्टमा विम्बल्डनको खिताब पनि जितेका थिए। प्री-क्वार्टर फाइनलमा सिनरको भिड़न्त कजाकिस्तानका २३औंं नम्बरका खेलाड़ी अलेक्जेण्डर बुब्लिकसँग हुुनेछ। बुब्लिकले अन्य एउटा म्याचमा अमेरिकाका खेलाड़ी टमी पललाई ७-६, ६-७, ६-३, ६-७, ६-१-ले पराजित गरे। यसबाहेक कनाडाका फेलिक्स आगर-एलियासिमेले पनि जर्मनीका तेस्रो वरीयता प्राप्त एलेक्जेण्डर ज्वेरेवलाई तेस्रो राउण्डको म्याचमा ४-६, ७-६, ६-४, ६-४-ले पराजित गरे। यसरी इटलीका लोरेञ्जो मुसेट्टी पनि प्री-क्वार्टर फाइनलमा पुगे। उनकै देशका प्रतिद्वन्द्वी फावियो कोबोलीले हातको चोटले गर्दा म्याचबाट हट्ने फसेला गर्दा मुसेट्टी अघिल्लो राउण्डमा पुगे। कोबोलीले म्याच छोड़्दा मुसेट्टी ६-३, ६-२, २-०-ले अघि रहेका थिए।
यसरी महिला एकलमा ओसाका २०२१-मा अष्ट्रेलियन ओपनपछि पहिलोपल्ट कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टको चौथो राउण्डमा पुगिन्। उनले लुईस आर्मस्ट्रंग स्टेडियममा डारिया कसात्किनालाई ६-०, ४-६, ६-३-ले पराजित गरिन्। यसअघि गौफले मेग्डेलेना फ्रेचलाई सीधा सेटमा ६-३, ६-१-ले पराजित गरी लगातार चौथो साथ यूएस ओपनको प्री-क्वार्टर फाइनलमा प्रवेश गरिन्। गौफले भनिन्, नाओमी र म नजिकका मित्र होइनौं तर हामीबीच असल सम्पर्क चाहिँ छ। म टाढ़ा रहेर नै कोर्ट भित्र अनि बाहिर उनकी हरेक कामलाई समर्थन गर्छु। यसपाली उनीविरुद्ध परिणाम आफ्नो पक्षमा गर्न सफल हुने आशा गरेकी छु। यसरी पोल्याण्डकी इगा स्वियातेकले पनि चौथो राउण्डमा स्थान बनाइन्। उनले पहिलो सेटमा १-५-ले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै एन्ना कालिन्सकायालाई ७-६, ६-४-ले पराजित गरिन्। चेक गणराज्यकी क्यारोलिना मुचोवाले पनि तेस्रो राउण्डको म्याचमा आफ्नै देशकी लिण्डा नोस्कोवालाई ६-७, ६-४, ६-२-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement