विश्व च्याम्पियनशीपमा सात्विक-चिरागको जोड़ीलाई काँस्य पदक

IMG-20250831-WA0103

पेरिस: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले यहाँ विश्व ब्याडमिण्टन च्याम्पियनशीपको पुरुष युगल सेमिफाइनल म्याचमा चीनका ११औं वरीयता प्राप्त चेन बो यांग र लियू यी-विरुद्ध हारको साथ काँस्य पदकमा चित्त बुझाउनु पऱ्यो। भारतको निम्ति पदक सुनिश्चित गरेको एक दिनपछि सात्विक र चिरागसँग विश्व च्याम्पियनशीपको फाइनलमा पुग्ने पहिलो भारतीय जोड़ी बन्ने मौका थियो तर सेमिफाइनल म्याचमा उनीहरूले १९-२१, २१-१८, १२-२१-ले हारको सामना गर्नु पऱ्यो। म्याच ६७ मिनटसम्म चल्यो। यस हारको साथै भारतीय जोड़ीको सपना साकार हुन सकेन। भारतीय जोड़ीको यो विश्व च्याम्पियनशीपमा दोस्रो पदक हो। यसअघि २०२२-मा पनि उनीहरूले काँस्य पदक जितेका थिए। एशियन गेम्स च्याम्पियन सात्विक र चिरागको जोड़ीले क्वार्टर फाइनलमा मलेशियाका दुईपल्टका ओलम्पिक पदक विजेता आयोन चिया र सोह वुई यिकलाई पराजित गरी २०११-देखि अहिलेसम्म यस टुर्नामेण्टमा पदक जित्ने भारतको क्रमलाई जारी राखेका थिए। त्यसपछि सेमिफाइनलमा चाहिँ भारतीय जोड़ीले कड़ा चुनौती पेश गरे पनि चीनको जोड़ीलाई पराजित गर्न सकेन। सात्विक-चिरागको हारसँगै टुर्नामेण्टमा भारतको अभियान पनि समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement