स्पेनिश ला लीगाः रियल म्याड्रिडको रोमाञ्चक जीत, एट्लेटिकोको ड्र

IMG-20250831-WA0100

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको नयाँ सिजनमा रियल म्याड्रिडले आफ्नो जीतको क्रम जारी राख्यो भने एट्लेटिको म्याड्रिडले चाहिँ फेरि आशानुरुप प्रदर्शन गर्न सकेन। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले मालोर्काविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको शुरुवात असल रहेन। वेदात मुरिकिले १८औं मिनटमा गोल गरी मालोर्कालाई बढ़त दिलाए। त्यसपछि रियल म्याड्रिडले पनि एक मिनटभित्र लगातार २ गोल गरी म्याच जित्यो। होम टीमबाट अर्दा दुलेरले ३७औं र विनिसियस जूनियरले ३८औं मिनटमा गोल गरे। यस जीतको साथ रियल म्याड्रिड ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। रियल म्याड्रिडले जीत हासिल गरे पनि एट्लेटिको म्याड्रिडले चाहिँ ड्र-मा चित्त बुझाउनु पऱ्यो। एट्लेटिको म्याड्रिडलाई अलावेसले १-१-को ड्र-मा रोक्यो। यस अवे म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडलाई गिउलियानो सिमेओनले सातौं मिनटमै बढ़त दिलाए तर अलावेसका कार्लोस भिसेण्टेले १४औंं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए।

यस ड्र पछि अलावेस ४ पोइण्ट्सको साथ १०औं र एट्लेटिको २ पोइण्ट्सको साथ १६औं स्थानमा रह्यो। ला लीगाका अन्य म्याचहरूमा एल्चेले लेवान्तेलाई २-०-ले, भेलेन्सियाले गेटाफेलाई ३-०-ले, सेविलेले जिरोनालाई २-०-ले अनि ओविएडोले रियल सोसिएदादलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement