ईंग्लिश प्रीमियर लीगः चेल्सी र म्यानचेष्टर युनाइटेडले जिते पनि टोटनहमको हार

Screenshot_20250831_125947_FotoCollage Maker

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा चेल्सी र म्यानचेष्टर युनाइटेडले जीत हासिल गरे पनि टोटनह्यामले निराशाजनक हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा चेल्सीले फूलहमलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीको निम्ति जोआओ पेड्रोले मध्यान्तरअघि इञ्ज्युरी टाइमको नवौं मिनटमा पहिलो गोल गरे। त्यसपछि एञ्जो फर्नाण्डेजले ५६औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी चेल्सीलाई जीत दिलाए। यस जीतको साथ चेल्सीले आफ्नो होम ग्राउण्डमा यस साल (२०२५) आफ्नो अजेय अभियान जारी राख्यो। स्टामफोर्ड ब्रीजमा चेल्सीले यस साल १२ वटा म्याच खेलेर ९ वटा जितेर ३ वटा ड्र गरेको छ। यस जीतको साथ चेल्सी ३ वटा म्याचमा ७ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नयाँ सीजनको पहिलो २ वटा म्याच जित्ने टोटनह्यामले चाहिँ बोर्नमाउथविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल एभानिल्सनले पाँचौं मिनटमा दर्ता गरे। आफ्नो होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गरे पनि टोटनह्यामले गोल गर्न सकेन। यस हारपछि टोटनह्याम ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो। यसरी गोल अन्तरको आधारमा सातौं स्थानमा रहने बोर्नमाउथसँग पनि ६ पोइण्ट्स नै रहेको छ।
यसबीच शुरुवाती २ वटा म्याचमा निराशाजनक प्रदर्शनपछि म्यानचेष्टर युनाइटेडले अन्तमा जीतको खाता खोल्यो। युनाइटेडले रोमाञ्चक म्याचमा बर्नलेलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडलाई २७औं मिनटमै बढ़त हासिल भयो। बर्नलेका मीडफिल्डर जोश कुलेनले आत्मघाती गोल गरे। मध्यान्तरसम्म १ गोलले पछि रहने बर्नलेले लायले फोस्टरको ५५औं मिनटको गोलको सहायताले म्याचमा बराबरी हासिल गऱ्यो। त्यसपछि ब्रायन एम्ब्यूमोले ५७औंं मिनटमा फेरि युनाइटेडलाई बढ़त दिलाए तर जेइडन एन्थोनीले ६६औं मिनटमा गोल गरी बर्नलेलाई फेरि २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि म्यानचेष्टर युनाइटेडलाई ब्रूनो फर्नाण्डेजको गोलले जीत दिलायो। पोर्तुगलका स्टार फरवर्डले इञ्ज्युरी टाइमको सातौं मिनटमा गरेर युनाइटेडलाई प्रीमियर लीग सीजनको पहिलो जीत दिलाए। यस जीतको साथ युनाइटेड ४ पोइण्ट्सको साथ नवौं स्थानमा पुग्यो। लीड्स युनाइटेड र न्यूक्यासलबीचको म्याच गोलरहित ड्र रह्यो। अन्य म्याचहरूमा सण्डरल्याण्डले ब्रेण्टफोर्डलाई २-१-ले अनि एभर्टनले वूल्भ्सलाई ३-२-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement