सोरेङ: सोरेङ जिल्लाको नार्को समन्वय (एनसीओआरडी) समितिको मासिक समीक्षा बैठक आज जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा सम्पन्न भयो। सभामा धेरैजना सदस्यहरूले भर्चुउलरूपमा सहभाहिता जनाएका थिए। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकलाई सम्बोधन गर्दै जिल्लापालले नशालुपदार्थ विरूद्ध लडन विभागले गरेको प्रयासको प्रशंसा गरे। जिल्लापाल बस्नेतले यसभन्दा अघि सम्पन्न भएको बैठकमा पारित प्रस्तावको कार्यान्वयबारे पनि जानकारी लिए। जिल्लापालले प्रत्येक विभागले गरेका कार्यको समीक्षा गर्दै हालसम्म गरिएका कार्यहरूबारेमा जानकारी लिए। छलफलको क्रममा नशालुपदार्थ बरामद सम्बन्धी पुलिसको रिपोर्ट, एनडीपीएस र एसएडीएअन्तर्गत दर्ता भएका मुद्दाहरू, हटस्पट र जोखिमपूर्ण क्षेत्रहरूको पहिचानमाथि चर्चा परिचर्चा गरियो। लागुपदार्थ नियन्त्रण ब्यूरो (एनसीबी) को भूमिकाबारेमा पनि छलफल गरियो। एनसीबीका एक प्रतिनिधिले नशालुपदार्थ कानून आपूर्ति न्यूनीकरण, अनुसन्धान र जागरूकता अभियानहरूबारे प्रस्तुत गरिएको थियो। जिल्लापालले सरकारी वकिलहरूको लागि तालिम प्रदान गराउने विषयमाथि प्रकास पारे। बैठकले पुलिसको रिपोर्ट, एनडीपीएस र एसएडीए अन्तर्गत दर्ता भएका मुद्दाहरू, हटस्पट र जोखिमपूर्ण क्षेत्रहरूको पहिचानमाथि चर्चा परिचर्चा गरियो। सभाले लागुपदार्थ नियन्त्रण ब्यूरोको भूमिकाबारेमा पनि छलफल गरियो।