गान्तोक: आगामी ४-७ सेप्टेम्बरसम्म त्रिपुराको अगरतलामा आयोजन हुने नर्थइष्ट जोनल ब्याडमिन्टन च्याम्पियशीपमा सहभागिता जनाउन ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका खेलाडीको टोली प्रस्थान भएका छन्। आज एक कार्यक्रमबीच संस्थाका अध्यक्ष जेकब खालिङ, उपाध्यक्ष डा.छिरिङ एन ग्याछो, महासचिव सुकन्ता दासलगायत अन्य पदाधिकारीहरुले शुभकामनासहित प्रस्थान गराए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खालिङले खेलाडीहरूलाई शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर राज्यको नाम रोशन गर्नुपर्ने आग्रह गरे। उनले उक्त प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, रजत पदकको निम्ति १५ हजार र काँस्यपदक विजेताहरूलाई दसहदार प्रदान गरिने वचन दिए। अध्यक्ष खालिङले थप जानकारी गराएअनुसार यो पुरस्कार केवल पदक हासिल गर्नेहरूको निम्ति मात्र नभएर खेलाडीहरूले कडा परिश्रम, मेहनत र उनीहरूको अनुशासनबारेमा भावी पीड़ीलाई प्रेरित गर्ने बताए।