गेजिङ: आज बिहान करिब ६ बजे मानेबुङ–देन्ताम क्षेत्रको हि–याङ्थाङ वार्ड नम्बर १ निवासी श्रीलाल पाण्डेको घरमा आगलागी हुँदा ठूलो नोक्सानी भएको छ। आगलागीको कारण स्पष्ट हुन सकेको छैन। तर, स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याउँदै ठूलो घरलाई जोगाउन सफल भएको छ। भान्सा घरमा राखिएका अन्नपात तथा घरेलु सामग्रीहरू भने पूर्णरूपमा जलेर नष्ट भएका छन्।

घटना स्थलमा स्थानीय प्रशासन र पञ्चायत प्रतिनिधिहरू पुगेका थिए। उनीहरूले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्दै घटनाको प्रत्यक्ष निरीक्षण गरेका छन्।