रानीपुलमा विद्याभारतीको शैक्षिक टोली कार्यशाला

IMG-20250830-WA0141

गान्तोक: विद्या भारती सिक्किम प्रान्तको तत्वावधानमा आयोजित शैक्षिक टोली कार्यशाला रानीपुलस्थित सरस्वती विद्या निकेतनमा संस्थाका सहसचिव उमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यशालामा राष्ट्रिय शिक्षा नीति अनुरूप शिक्षा क्षेत्रमा गुणस्तर, नवीनता र शिक्षण विधिहरूको प्रवर्द्धनमा विशेष ध्यान केन्द्रित गरिएको थियो। कार्यशालाको उद्घाटन प्रमुख अतिथि उमाकान्त शर्माले गरे। यस अवसरमा उपस्थित सबै सहभागीहरूलाई सम्बोधन गर्दै उनले शिक्षासँगै मूल्यमान्यता, संस्कृति, सेवा र समर्पणको महत्त्वमा जोड दिए। उनले समाजमा प्रेरणादायी कार्य गरेकोमा विद्या भारतीसँग सम्बन्धित शिक्षक र कर्मचारीहरूको प्रशंसा गरे र शैक्षिक दृष्टिकोणबाट उत्कृष्ट शिक्षण र सामाजिक उत्थानको लागि प्रोत्साहित गरे। शैक्षिक टोली प्रमुख दीपेश भट्टराईले सबै सहभागीहरूलाई स्वागत गर्दै कार्यशालाको उद्देश्य र महत्त्वमाथि प्रकाश पारे। कार्यशालाको मुख्य आकर्षण राज्य प्रशिक्षण प्रमुख सूर्य धितालले प्रस्तुत गरेको पावर पोइन्ट प्रस्तुतीकरण थियो। उनले प्रभावकारी र गुणस्तरीय प्रश्नपत्र तयार गर्ने तरिका, शिक्षण प्रक्रियामा गुणस्तर सुनिश्चित गर्ने उपाय, राष्ट्रिय शिक्षा नीति अन्तर्गत शिक्षण विधि कार्यान्वयन गर्ने रणनीति, विद्यार्थीको कार्यसम्पादन मूल्याङ्कन, मूल्याङ्कनका आधुनिक विधि, पाँचपडी शिक्षण सिकाइ मोडेल मार्फत प्रभावकारी शिक्षण प्रक्रिया, आगामी परीक्षा व्यवस्थापन र तयारीबारे विस्तृत जानकारी दिए। कार्यशालामा प्रदेशद्वारा त्रैमासिक रूपमा प्रकाशित हुने ई-पत्रिकाको आवश्यकताबारे पनि छलफल गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement